एसियाडका पदक विजेता खेलाडी सम्मानित

खेलकुद समाचार

किमाथाङ्का, सङ्खुवासभा, १९ कात्तिक : सङ्खुवासभा सदरमुकाममा तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित भएका छन् । तेक्वान्दोका राष्ट्रिय खेलाडी प्रेमबहादुर लिम्बू गृहजिल्लामा सम्मानित हुनुभएको हो ।

खाँदबारीमा आज आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलाडी लिम्बूलाई खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले सम्मानपत्रका साथै दोसल्ला ओढाएर अभिनन्दन गर्नुभएको थियो । नगरप्रमुख थपलियाले खेल क्षेत्रको विकासका लागि जिल्लाका दशवटै पालिको सहकार्य आवश्यक भएको बताउनुभयो ।

तेक्वान्दोमा एक दशकदेखि सक्रिय लिम्बूले थाइल्याण्ड, कोरिया, इन्डोनेसियामा भएका विभिन्न प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्नुभएको छ । हालै चीनको हाङझावमा सम्पन्न एसियाडमा पनि पदक जित्नुभएको थियो ।

Facebook Comments Box