लोकतान्त्रिक पद्धतिको प्रवर्द्धन गर्नुपर्नेमा जोड

मुख्य समाचार राजनीति समाचार

सुन्दरहरैंचा (मोरङ), ६ मङ्सिर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टी भित्रका चुनौती र द्वन्द्व अन्त्य गरेर लोकतान्त्रिक पद्धतिको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा आज आयोजित कांग्रेसको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता कोइरालाले राजनीतिक दलले गणतन्त्रको सबल पक्षलाई आत्मसात गर्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

सरकारले सुशासन कायम गर्न नसक्दा विकृतिले प्रश्रय पाएको उल्लेख गर्दै नेता कोइरालाले भ्रष्ट्राचारमुक्त समाज निर्माणका लागि सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार चलाउन कसैसँग सम्झौता नगर्ने उल्लेख गर्नुभयो । सरकारले पार्टीको शिर ठाडो हुने गरी काम गर्ने उहाँले बताउनुभयो ।

सम्मेलनमा जिल्लाभरका तीन हजार पाँच सय बढी प्रतिनिधिको सहभागिता रहको पार्टीका जिल्ला सचिव ललित श्रेष्ठले जानकारी दिनुभयो ।