लगानी भित्र्याउने पहल

आर्थिक राजनीति समाचार

नेपालको आर्थिक समृद्धिका लागि साउदी अरेबियाबाट लगानी भित्र्याउने पहलस्वरुप नेपाल चेम्बर अफ कमर्सले साउदी अरेबियाका लागि नेपाली राजदूत महेन्द्र सिंहसँग छलफल गरेको छ ।

चेम्बरको सचिवालय जमलमा आज भएको छलफलमा दुई देशबीच व्यापारिक, आर्थिक एवम् लगानीको सम्बन्ध, विकास एवम् सुदृढ गर्नुपर्ने, दुई देशका उद्यमी व्यवसायीबीचमा द्विपक्षीय व्यापार एवम् आर्थिक सम्बन्धको विस्तार गरी नयाँ व्यावसायिक अवसरको सम्भावना पहिचान गर्नुपर्ने विषय समेटिएको थियो ।

साउदी अरबका लागि नेपाली राजदूत सिंहले नेपाल पर्यटन वर्ष सन् २०२० सफल पार्न साउदी नागरिकका लागि प्रचारप्रसार पर्याप्त रुपमा गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालबाट व्यापारिक प्रतिनिधि मण्डलले साउदी अरबियाको भ्रमण गर्ने र ‘बिटुबी’ बैठक आयोजना दूतावासको पहलमा गर्न आफू तयार रहेको बताउनुभयो ।

सन् २०२० फेब्रुअरी २५ देखि २९ मा हुन लागको नेपाल चेम्बर एक्स्पोमा साउदी अरेबियाबाट समेत सहभागिता हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । नेपाल र साउदी अरेबियाबीच आर्थिक एवं व्यापारिक सम्बन्धको विस्तारमा पर्यटन सम्भावित क्षेत्र भएकोे अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

Facebook Comments Box