पुडासैनीको घटनाको निष्पक्ष छानबिन माग

मुख्य समाचार राजनीति समाचार

पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न पत्रकार रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरिएको तरिकाप्रति प्रजातान्त्रिक विचार समाजले गम्भीर ध्यानकार्षण भएको जनाएको छ ।
पत्रकार लामिछाने कार्यरत सञ्चार गृहमा अनधिकृत रुपमा प्रहरी प्रवेश गरी प्रक्राउ गर्नुलाई समाजले सञ्चार गृहको स्वायत्त मर्यादा माथि हस्तक्षेप भएको ठहर गरेको छ । समाजका अध्यक्ष डा केदारनरसिंह केसीले आज जारी गर्नुभएको विज्ञप्तिमा घटनाले कुनै पनि बेला जोसुकै व्यक्ति पर्नसक्ने भन्ने देखाएकाले सञ्चार गृहमाथि प्रहरी हस्तक्षेप गराइने र गर्ने सम्भावना स्पष्ट भएको उल्लेख छ ।

कानूनी राज्य र विधिको शासनमा अटुट विश्वास राख्ने भएकाले अनुसन्धानमा सबैले सहयोग गर्नुपर्ने समाजले जनाएको छ । पत्रकार पुडासैनीको मृत्युको विषयमा विरोधाभाषी अनेक प्रकारका चर्चा सार्वजनिक भएकाले छानबिन गर्न माग गरिएको छ ।

सरकारले निष्पक्ष अनुसन्धान गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुपर्ने माग पनि समाजले गरेको छ । कोही पनि निर्दोष व्यक्तिलाई फसाइनु हँुदैन भन्ने कानूनी मान्यताको समर्थन समाजले गरेको अध्यक्ष केसीले उल्लेख गर्नुभएको छ ।

Facebook Comments Box