आज साताको अन्तिम कारोबार दिन, भारतीय शेयर बजारमा उछाल देखिएको छ । आज काराेबारकाे सुरूवातमा सेन्सेक्स करिब ६०० अंकले बढेर ७१,८०० विन्दुमा पुगेकाे थियाे । शुक्रबार निफ्टीमा पनि १८५ अंकको वृद्धि भएर २१,६५०काे स्तरमा किनबेच भयाे। सेन्सेक्सका ३० वटा मध्ये २९ वटा बढेको छ भने १ वटा घटेको छ । यतिबेला सबै क्षेत्रीय परिसूचकहरू तीव्र गतिमा कारोबार गरिरहेका छन्। याे समाचार तयार पार्दासम्म सेन्सेक्स ७१,७८७ विन्दुमा कारोबार भइरहेको छ। यसैगरी, निफ्टी २१,६१३ विन्दुमा पुगेकाे छ ।
यसअघि हिजो पनि भारतकाे शेयर बजारमा गिरावट देखिएकाे थियाे । लगातार तेस्रो दिन शेयर बजार घटेकाे थियो । सेन्सेक्सकाे ३१३ अंकले घटेर ७१,१८६ विन्दुमा बन्द भएकाे थियाे। योसँगै निफ्टी पनि १०९ अंकले घटेर २१,४६२ को स्तरमा बन्द भएकाे थियाे। क्षेत्रीय चिपमेकरहरूको र्यालीले शुक्रबार एशियाली शेयरमा बढाेत्तरी देखिएकाे छ ।
ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङकाे ताइपेई-सूचीबद्ध शेयरहरू ५ प्रतिशतले बढेकाे छ ।२०२४ मा चिपमेकिंग कम्पनीले राजस्व वृद्धि २० प्रतिशतभन्दा धेरैले बढ्ने प्रक्षेपण गरेको थियो। यसको अमेरिकी शेयरहरू रातारात करिब १० प्रतिशतले बढ्दा वाल स्ट्रिटमा टेककाे वृद्धिलाई थप बल मिल्याे ।
चिप्सको मुख्य आपूर्तिकर्ता एप्पल इंक र एनविडिया काेर्पाेरेशनले जापान, एरिजोना र जर्मनीमा संयन्त्रका लागि योजनाहरू अगाडि बढाउँदा यो त्रैमासमा ठोस वृद्धि देखिएकाे छ।
यस साता फेडरल रिजर्भकाे ब्याज दर नीतिको पुनः मूल्य निर्धारण पछि लगानीकर्ताहरू रोकिएका कारण ट्रेजरी र डलर स्थिर रह्याे। व्यापारीहरूले मार्चमा दर कटौतीको सम्भावना निकै कम देखिरहेका छन् । गत साताको अन्त्यमा दर कटाैतीकाे सम्भावना करिब ८० प्रतिशतभन्दा कम रहेकाे थियाे । हकिस फेडस्पीक र अमेरिकी उपभोक्ता लचिलो रहेको संकेत गर्ने तथ्यांक सार्वजनिक भएकाे थियाे ।
फेडका अधिकारीहरूले दरहरू कटौती गर्ने विषयमा विचार गरीरहेकाे समयमा मन्दीका संकेतहरू खोजिरहेका छन् । अर्काेतर्फ, शेयर लगानीकर्ताहरू भने अमेरिकी श्रम-बजारकाे शक्तिलाई रेखांकित गर्ने तथ्यांकबाट दिक्क भएका छन् ।
दुई दशकमा यसको उत्कृष्ट साप्ताहिक जित्ने लयबाट बाहिरिँदै, २०१४मा एसएण्डपी ५०० एक रोडब्लकतर्फ लागेकाे छ । एसएण्डपी ५००काे उच्च क्लाेजिङ विन्दु दुई वर्ष अघि रेकर्ड गरिएकाे थियाे ।
स्टकहरू किन्न वा बेच्नको गतिलाई मापन गर्ने एक प्राविधिक गेजले बुलहरूले अझै पनि शेयर बढाउनको लागि कदम चालिरहेकाे संकेत गर्दछ ।
मध्य पूर्वमा तनाव बढेपछि तेल तीन साताको उच्चमा पुगेर स्थिर भएकाे थियो । अमेरिका र इरान समर्थित हुथीहरूले जवाफी हमला गर्दा विश्वकाे ढुवानी बजार उथलपुथल भएकाे छ ।
एजेन्सी।
