प्रदेश–२ को राजधानी र नामको बारेमा फरक–फरक प्रस्ताव

मुख्य समाचार राजनीति समाचार

प्रदेश २ को नाम र राजधानीका लागि नेकपा र कांग्रेसले फरक फरक प्रस्ताव दर्ता गराएका छन् । नेकपाले प्रदेशको नाम जानकी र राजधानी धनुषा सहितको प्रस्ताव दर्ता गराएको छ। प्रदेश २ संसदीय दलका नेता सत्यनारायण मण्डलको नेतृत्वमा नेकपाले प्रदेशको नाम र राजधानी प्रस्ताव दर्ता गराएको हो।

प्रदेशको नाम मिथिला राख्ने अडानमा रहँदै आएको नेकपाले संसदीय दलको बैठकबाट जानकी नाम प्रस्ताव दर्ता गराएको हो। त्यस्तै राजधानीका लागि जनकपुरधामको परिक्रमा मार्ग सहित पूरै धनुषा जिल्लालार्इ प्रस्ताव गरिएको छ।

कांग्रेसले भने प्रदेशको नाम मिथिला भोजपूरा र राजधानी जनकपुरधाम उपमहानगरपालिका राख्न प्रस्ताव दर्ता गराएको छ। कांग्रेसका तर्फबाट सचेतक उपेन्द्र कुश्वाहाले प्रस्ताव दर्ता गराएका हुन्।