काठमाडौँमा राप्रपाको प्रदर्शन

मुख्य समाचार राजनीति समाचार

काठमाडौँ, २७ चैतः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्नेक्रममा आज काठमाडौँमा प्रदर्शन गरेको छ ।

त्यस क्रममा सहरका विभिन्न क्षेत्रबाट आएको जुलुस निषेधित क्षेत्र उल्लङ्घन गर्ने प्रयास गरेपछि सिंहदरबार अगाडि भद्रकाली सडकमा प्रहरीसँग झडपसमेत भएको थियो । जुलुसलाई नियन्त्रण लिन सामान्य बल प्रयाेग भएकाे प्रहरीले जनाएको छ ।