मारुनी’को हाने मैले झटारो’ गीत

मनोरन्जन समाचार

मारुनीले आफ्नो तेस्रो गीत सार्वजनिक गरेको छ । सिनेमा भदौ १३ गते रिलिज हुँदैछ। सिनेमाले ‘हाने मैले झटारो’ बोलको गीत सार्वजनिक गरेको हो। पुष्प खड्का र रेविका गुरुङ फिचर भएको गीतमा कृष्ण काफ्लेको शब्द, संगीत र स्वर छ । गीतको महिला स्वरमा उनलाई अन्जु पन्त र शब्द लेखनमा पुरुषोत्तम ढुंगेलले सघाएका छन् ।

नवल नेपाल निर्देशित सिनेमामा साम्राज्ञी राज्य लक्ष्मी शाहसँगै पुष्प र रेविकाको मुख्य भूमिका छ । सिनेमाले एक ट्रान्सजेन्डर युवतीको प्रेमकथा पेस गर्छ।