मोबाइलको बढ्दो प्रयोगले आईटी दशकलाई सहयोग पुग्छः सचिव सुवेदी

आर्थिक समाचार

काठमाडौँ, २७ असारः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले मोबाइलको बढ्दो प्रयोगले सरकारले घोषणा गरेको आईटी दशकलाई सहयोग पुग्ने बताउनुभएको छ ।

नेपाल मोबाइल व्यवसायी महासङ्घको तेस्रो स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मोबाइलको प्रयोगले आईटी दशकलाई सहयोग पुग्ने बताउनुभएको हो ।
“समाज डिजिटल युगमा प्रवेश गरेको छ, मोबाइल बिना मानिस एक्लो हुने अवस्था सृजना भैसकेको छ, यसलाई सही प्रयोग गरेर देशको विकासमा अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो । प्रविधिको सही प्रयोग नगर्दा साइबर अपराधका घटनासमेत बढेकाले त्यसप्रति सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

नेपाल मोबाइल व्यवसायी महासङ्घका अध्यक्ष भरत भट्टराईले ‘सेकेण्ड ह्याण्ड’ मोबाइल बिक्रीमा सरकारको नीति प्रष्ट नहुँदा मोबाइल व्यवसायी मारमा परेकोे बताउनुभयो ।