काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले मन्त्रालयमा पदबहाली गरेकी छन् । सोमबार नियुक्त भएकी आरजु शपथ ग्रहणपछि पदभार ग्रहणका लागि मन्त्रालय पुगेकी हुन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजु पहिलो पटक मन्त्री बनेकी हुन् । उनलाई मन्त्रालयमा पुग्दा सचिव सेवा लम्सालसहितका कर्मचारीहरुले स्वागत गरेका थिए ।
Facebook Comments Box