कोरियामा हरितालिका तिज भब्यताका साथ मनाईदैँ

कोरियाअपडेट

 

– दक्षिण कोरिया
स्वदेशमामात्र नभई तिजको रौनक बिदेशमा पनि बढ्दै गएको छ। यसै क्रममा दक्षिण कोरियाको गिम्हे शहरमा सिस्टरहुड द्वारा २०१९ सेक्टेम्वर १ तारिख, आइतबारका दिन लुम्विनि क्लब एण्ड लाइभ बार भब्य तीज कार्यक्रम आयोजना गर्न गइरहेको छ । उक्त कार्यक्रमा नेपालबाट आउनु भएका चर्चित लोकदोहोरी कलाकार गङ्गा पुन मगर र पुनम थापा मगर एंव स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने भएकोले कार्यक्रममा भब्य र बिशेष हुने र उक्त कार्यक्रममा सबै रम्न सक्ने साथै दरको रूपमा मिठो मिठो नेपालि खानाको परिकार हरु पनि रहेको सिस्टरहुड की अध्यक्ष सुजाता बस्नेतले बताउँदै सबैलाई उपस्थितिको लागी आब्वान समेत गर्नुभएको छ।
उक्त कार्यक्रममा उपस्थित मध्ये एक महिलाले “सर्वोत्कृष्ट पहिरन” को उपाधी समेत पाउनुका साथै एक आकर्षक पुरस्कार पनि बिजेतालाई प्रदान गरिने छ । यस तीज कार्यक्रमको उदेश्य प्रवासी महिला दिदीबहिनी बीच एकता, आत्मियता बढाउनुको साथ-साथै नेपाली चाडपर्व र संस्कृति संरक्षण गर्नु रहेको छ। तिज कार्यक्रम दिउसोको १२ बजेबाट शुरू भई साँझ ६ बजेसम्म मनाइने छ।
Facebook Comments Box