लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री कुर्मीद्वारा राजीनामा

प्रशासन मुख्य समाचार राजनीति समाचार

देउखुरी ( दाङ ), २५ भदौः लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष कुर्मीले आज राजीनामा बुझाउनुभएको नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो । बाँके निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट निर्वाचित कुर्मी गत साउन ९ गते मन्त्री नियुक्त हुनुभएको थियो ।

मन्त्रीमा नियुक्त भएदेखि नै उहाँको बारेमा मानव अधिकारकर्मीहरूले विरोध गर्दै आएका थिए । उहाँमाथि नेपालगन्ज उपमहानगरपालिका–१७ परसपुर निवासी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेको आरोप र सम्पत्ति हत्याएको आरोप लगाउने गरिएको छ ।

Facebook Comments Box