चोरीपैठारीको सामान बरामद

आर्थिक राजनीति

काठमाडौं, पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित वाईपासबाट भाद्र १५ गते एपीएफ टोलीले करीव चार लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
लत्ताकपडा तथा हार्डवयरका सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले भाद्र १४ गते करीव एक लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले सर्लाही जिल्लाको बसवरीया गाउँपालिका ३ स्थित बराहथवाबाट बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सारकार्यालयमा बुझाएको छ ।
डुवानमा परेकाहरुको उद्वार
काठमाडौं महानगरपालिका १६ वनस्थली स्थित ढुङ्गेधारमा अविरल वर्षाको कारण ढल जाम भई पानीको वहाव रोकिएर डुवानमा परेका करीव २ सय घरपरिवाहरुको एपीएफ टोलीले गएराती मध्यरातमा उद्वार गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ बाहिनी बलम्वु, नम्बर २० गण हेक्वा काठमाडौं, नम्बर १९ गण हेक्वा कार्यदल र नम्बर २५ गुल्म हेक्वा काठमाडौंबाट खटिएको एपीएफ टोलीले डुवानमा परेकाहरुको मोटर बोटको सहाताले सकुशल उद्वार गरेको हो ।

यसैगरी कैलाली जिल्लाको भवनी नगरपालिका ५ पुलीयार स्थित कान्द्रा नदिमा अविरल बर्षाको कारण पानीको बहाव बढ्न गई डुवानमा परेका करीव १४ घरपरिवारका सामान र चौपाया भाद्र १५ गते एपीएफ टोली तथा स्थानीय प्रहरीले सुरक्षित स्थानमा सारेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भजनीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले सो स्थानबाट डुवानमा परेका घरपरिवारका सामान तथा चौपाया सुरक्षित स्थानमा सारेको हो ।