पद्मा अर्यालको प्रमुख आतिथ्यतामा प्रवासी नेपाली मञ्च कोरियाको अधिवेशन अक्टोबर ६ मा हुदै

कोरियाअपडेट समाचार

 

नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आसन्न अधिवेशनको तयारी पूरा भएको छ । यही अक्टोबर ६ तारिखमा तय गरिएको ८औं राष्ट्रिय अधिवेशनबाट ७ सदस्यीय पदाधिकारीसहित नयाँ नेतृत्व चयन हुनेछ । हाल सृजना नेपालीको अध्यक्षतामा दक्षिण कोरिया प्रवासी नेपाली मञ्चमा २५ सदस्यीय कार्यसमिति रहेको छ ।

अधिवेशनमा एमाले सचिव पद्माकुमारी अर्याल प्रमुख अतिथिको रूपमा जाँदैछिन् । त्यस्तै प्रवासी नेपाली मञ्च पूर्वी एसिया तथा ओसियाना इन्चार्ज डा. सूर्य पाठक विशेष अतिथिको रूपमा सहभागी हुने छन् । अधिवेशनमा कोरियास्थित नेपाली कुटनैतिक नियोग, विभिन्न दलका भ्रातृ संगठन, सामाजिक तथा क्षेत्रीय संस्थाहरूलाई बोलाइएको सचिव अन्जान कुलुङ राईले जानकारी दिए । समृद्ध नेपाल निर्माणमा प्रवासीको योगदान प्रवासबाट लगानी प्रवासमै मतदान भन्ने मूल नाराका साथ अक्टोबर ६ तारिख बिहान ११ बजेबाट दक्षिण कोरियामा रहेको सौलस्थित 서울특별시 종로구 386 1 충 मा संगठनको आठौं राष्ट्रिय अधिवेशन हुँदैछ ‌।

Facebook Comments Box