-अबिरल आलोक
सियोल, दक्षिण कोरिया
सियोल महानगरपालिकाले चुसकको छुट्टीलाई मध्यनजर गर्दै सबवे र बसहरूको सञ्चालन समय विस्तार गर्ने भएको छ। चुसकको छुट्टीमा मानिसहरू आफ्ना परिवार एंब आफन्त भेट्न गृहनगर (मुल घर) जानेभएकाले यात्रुहरूको अत्यधिक भिडलाई मध्य नजर गरी यो सुबिधा ल्याउन लागिएको हो। कोरियामा बिहीबारदेखि आइतवार सम्म चार दिनको सार्बजनिक बिदामा सियोलका लाखौँ मानिसहरुले आफ्नो गृहनगर भ्रमण गर्ने अपेक्षा गरिएको छ।
सियोल महानगरपालिका अनुसार सबवे रेलहरू शुक्रवार र शनिबार राति १ बजे सम्म चल्नेछन्। सार्वजनिक बसहरू पाँच वटा स्टेसन सिओल, योङ्सान, योङ्गदोङ्गपो, छङ्गयाङग्री र सुस स्टेसन लाई मध्यनजर गरी १२९ वटा रूटहरूमा सञ्चालन हुनेछन्। त्यसैगरी प्रमुख पाँच वटा मुख्य बस टर्मिनलहरू दुई दिनका लागि राति २ बजे सम्म सञ्चालनमा आउनेछन् भने करिब ३,१०० रात्रीकालिन ट्याक्सीहरूले रातको समयमा सेवा प्रदान गर्ने छन्। नेपाली समुदायका अधिकांश चुसकका कार्यक्रमहरू सिओल केन्द्रित भएकाले सियोल महानगरपालिकाले सार्वजनिक यातायातमा दिनलागेको बिशेष सुबिधाले नेपाली समुदाय पनि लाभान्वित हुने बिश्वास गरिएको छ।
द कोरिया टाइम्स