नेपाल पत्रकार महासङ्घ बागलुङको अध्यक्षमा थापा

समाचार

गलकोट (बागलुङ), २९ मङ्सिरः नेपाल पत्रकार महासङ्घ बागलुङको अध्यक्षमा राम थापा निर्वाचित हुनुभएको छ । ८औँ जिल्ला अधिवेशनबाट थापा ४६ मतसहित विजयी हुनुभएको निर्वाचन समितिका संयोजक हिराबहादुर केसीले जानकारी दिनुभयो ।

थापा राष्ट्रिय समाचार समिति राससमा कार्यरत हुनुहुन्छ । थापाका निकटतम प्रतिद्वन्द्वी तारानाथ आचार्यले २३ मत प्राप्त गर्नुभएको छ ।

पत्रकार महासङ्घ बागलुङको उपाध्यक्षमा सुवास आचार्य ४३ मतसहित निर्वाचित हुनुभएको छ । यस्तै महिला उपाध्यक्षमा सृजना पन्त ५० मतसहित विजयी हुनुभएको छ । सचिवमा नारायण रिजाल ४० मतले विजयी हुँदा सहसचिव खुलामा डम्बर बुढामगरले ४३ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । समावेशी सहसचिवमा नवराज नेपाली सर्वसम्मत हुनुभएको थियो । यस्तै कोषाध्यक्षमा खेमराज गौतम ४९ मत प्राप्त गरीे विजयी हुनुभएको छ ।

सदस्यमा अर्जुन कार्कीले ४८ मत, प्रदीप पन्तले ४७ मत, प्रकाश बरालले ४५ मत, बालकृष्ण सुवेदीले ४० मतले विजयी हुनुभयो । महिला सदस्यमा मनिषा शर्मा सर्वसम्मत हुनुभयो । दलित सदस्यमा अनिष खातीले ३६ मत, आदिवासी जनजाति सदस्यमा सङ्गम घर्तीमगरले ५० मत प्राप्त गरी निर्वाचित हुनुभयो ।

केन्द्रीय परिषद् महिला सदस्यमा कोपिला कँडेलले ४६ मत विजयी हुँदा केन्द्रीय परिषद् खुला सदस्यमा दिलीप पौडेल ३९ मत प्राप्त गरी निर्वाचित हुनुभयो । प्रदेश परिषद् सदस्यहरुमा कृष्ण आचार्यले ५० मत, सुवासराज पन्तले ४७ मत, खिमबहादुर कार्कीले ४४ मत, चन्द्रगणेश पौडेलले ४२ मत प्राप्त गर्नुभयो । प्रदेश परिषद् सदस्यमा लक्ष्मी परियार निर्विरोध हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको स्थापना विसं २०५७ मा स्थापना भएको थियो ।

Facebook Comments Box