प्रजातान्त्रिक समाज निर्माणमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण : प्रथम उपराष्ट्रपति झा

मुख्य समाचार समाचार

काठमाडौँ, ५ पुसः प्रथम उपराष्ट्रपति परमानन्द झाले प्रजातान्त्रिक समाज निर्माणमा पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

न्युजलाईन्स मिडियाको नवौँ बार्षिकोत्सव समारोहमा आज आयोजित अन्तरक्रियामा बोल्दै उहाँले मिडियाले समाजलाई सशक्त र सचेत बनाउने अभियानमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले पत्रकारिता क्षेत्रले समाजमा सूचना र ज्ञान फैलाएर ठूला आपराधिक क्रियाकलपलाई निस्तेज पार्न, भ्रष्टाचार र दण्डहीनतालाई निरुत्साहित गर्न सहयोग गरेको स्मरण गर्नुभयो ।

पूर्वउपराष्ट्रपति झाले नागरिकको स्वतन्त्रताको संरक्षण तथा सामाजिक चासोका विषयमा पत्रकारले थप खोज अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा सञ्चारकर्मी, पर्यटन व्यवसायी, कलाकार, समाजसेवीलगायतलाई सम्मान गरिएको थियो ।

Facebook Comments Box