चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्ने

राजनीति

काठमाडौँ, १० पुसः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले इसाई धर्मावलम्बीको महत्त्वपूर्ण पर्व क्रिसमसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै यो पर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

अध्यक्ष नेपालले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने विश्वास व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

सन्देशमा उहाँले बहुधार्मिक, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण मुलुकमा फरक धर्म, संस्कृति, परम्पराले अनेकतामा एकता, एकापसमा सहिष्णुता, सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने उल्लेख गर्नुभएको छ ।

Facebook Comments Box