सुरेश खत्री, उपाध्यक्ष पदका उम्मेदवार
गैरआवासीय नेपाली संघ दक्षिण कोरिया
(एन.आर.एन. ए , दक्षिण कोरिया)
साउल दक्षिण कोरिया । दक्षिण कोरिया गैरआवासीय नेपाली संघ (एन.आर.एन. ए) दक्षिण कोरियाको सातौँ अधिवेशनको चुनावी चहल पहलले तातेको छ। आगामी सेप्टेम्बर २१-२२, २०१९ मा घोषित एन.आर.एन.ए.को सातौँ अधिवेशन हुन गइरहेको छ। विगतका वर्षहरुमा भन्दा यो बर्षको अधिवेशन अत्यन्त महत्वपूर्ण र बिशेष हुने बिश्वास गरिएको छ।
यसै क्रममा सन् २०१२ देखि कोरियामा बिभिन्न संस्थामा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जिम्मेवार बहन गर्दै आइरहेका खत्री हाल थेगु नेपाली सेल्टरको संयोजकको रूपमा नेपाली समुदायलाई सहयोग पुर्याउदैँ आईरहेका छन्।
होनाहार युवा सुरेश खत्रीले दक्षिण कोरिया गैरआवासीय नेपाली संघ (एन.आर.एन. ए) दक्षिण कोरियाको सातौँ अधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
Facebook Comments Box