‘थारू समुदायको संस्कृति नेपाली संस्कृतिको आधारभूत हिस्सा’

आर्थिक समाचार

देउखुरी (दाङ), २७ पुस : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले थारू समुदायको संस्कृति नेपाली संस्कृतिको आधारभूत हिस्सा भएको बताउनुभएको छ । उहाँले यसलाई जगेर्ना गर्दै आधुनिक सन्दर्भमा अझ सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो ।

नेपाल लोकतान्त्रिक थारू सङ्घको आयोजनामा घोराही उपमहानगरपालिका–९ लरैनामा आयोजना गरिएको ‘मघौटा सांस्कृतिक मेला’को उद्घाटन गर्दै महासचिव पोखरेलले माघी पर्वलाई थारू संस्कृतिको पहिचान मात्र नभई समृद्ध नेपाल निर्माणमा प्रेरणाको स्रोतका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा पनि माघी पर्व मनाउने गरेकामा हामीले गर्व गर्नुपर्छ ।”

माघी पर्वले थारू समुदायको ऐतिहासिक र सांस्कृतिक योगदानलाई सम्मान गर्ने मात्र नभई देश र प्रदेशको एकता तथा समृद्धिका लागि समेत प्रेरणा दिने महासचिव पोखरेलको भनाइ थियो । उहाँले माघी पर्वलाई देशको ऐतिहासिक र गौरवको पर्वका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments Box