बिष्णु गुरुङ
गिम्हे , दक्षिण कोरिया !
हान्वा ओसन तामाङ समाज गजेदोको आयोजनामा यही आउदो जनवरी २८ सलनालको पहिलो दिन मञ्जुश्री सम्वत २८६१ डुल (सा पुख्रि) ल्हो सोनाम ल्होछार मनाउना लागिएको छ !
हान्वा ओसन तामाङ समाज गजेदोकोका अध्यक्ष भुवन लामाका अनुसार मञ्जुश्री सम्वत २८६१ डुल (सा पुख्रि) ल्हो सोनाम ल्होछार को अवसरमा स्थानीय कलाकारहरुको साथमा शुभकामनाआदान-प्रदान तथा सास्कृतिक कार्यक्रम -२०२५ हुन लागेको हो !
जनवरी २८ को बिहान ११ बजे बाट गजेदोको 네팔스토리 남문 मा हुन लागेको उक्त कार्यक्रममा हान्वा ओसन तामाङ समाज गजेदोले
विभिन्न संघ-सस्थाका प्रतिनिधिज्युहरु ,पत्रकार , बुद्धिजीवी, व्यावसायि ,सामाजिक अभियान्त ,इष्टमित्र ,शुभचिन्तक र दक्षिण कोरियामा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई कार्यक्रममा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ।
कार्यकर्म विवरण :
मिति २०२५ जनवरी २८ मङ्गलबार
समय: बिहान ११ बजे
स्थान :네팔스토리 남문,गजेदो