गण्डकी, १२ माघः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पठन संस्कृतिको विकास सरकारको प्राथमिकतामा रहेको बताउनुुभएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घको आज पोखरामा आयोजित १७औँ साधारणसभाको उद्घाटन गर्दै उहाँले पठन संस्कृतिको विकासमा टेवा पु¥याउनका लागि प्रदेश सरकारले यहाँका पुस्तकालयहरुको व्यवस्थापनका लागि बजेटको व्यवस्था गरेको बताउनुुभयो ।
भविष्यमा पोखरा महानगरसँग मिलेर देशविदेशका मानिसको जमघट गराउने खालको विद्युतीय पुस्तकालय बनाउने सोच रहेको उहाँले जानकारी दिनुुभयो । समाजलाई शिक्षित बनाउन पुस्तक व्यवसायी महासङ्घको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले व्यवसायलाई भिन्न तरिकाले कसरी अगाडि बढाउने, यहीँ केही गर्छु भन्नेलाई कसरी रोक्ने र यहाँ केही हुँदैन भन्ने भाष्यलाई निरुत्साहित गर्न सबैको पहल जरुरी भएको धारणा राख्नुुभयो ।
प्रकाशनहरुले हाम्रो परम्परा, संस्कार, संस्कृति, पूर्वीय दर्शन र चिन्तन मननका कुराहरु ल्याउन आवश्यक भएको र सुसंस्कृत हुनका लागि अनुशासन जरुरी भएको उहाँको भनाइ छ । महासङ्घले उत्पादन, प्रकाशन, वितरण, मसलन्द खेलकुदलगायत माध्यमबाट समाजमा योगदान पुु¥याएको उल्लेख गर्दै उहाँले समाजलाई ज्ञान बाँड्नेलगायत धेरै काममा संस्थाको ठूलो हात रहेको बताउनुुभयो ।
महासङ्घका पूर्वअध्यक्ष एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समाजलाई कुन दिशामा लैजाने, कस्तो बनाउने त्यो जिम्मेवारी हाम्रै काँधमा रहेको बताउँदै पठन संस्कृतिको विकासमा जोड दिनुपर्ने बताउनुुभयो । किताबलाई साथी बनाउने, किताबलाई उपहार लिनेदिने बानीको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुुभयो ।
यही जनवरीमै पोखरा भ्रमण वर्ष २०२५ को शुभारम्भको तयारी भइरहेको बताउँदै उहाँले विभिन्न सङ्घसंस्थाहरुका अधिवेशन तथा कार्यक्रमहरू पोखरामा ल्याउन अनुरोध गर्नुुभयो ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घका अध्यक्ष शिवसागर शर्माले यस व्यवसायलाई मर्यादित बनाउन लागिपरेको बताउनुुभयो । नीतिगत तहमा आफूहरुले शिक्षा मन्त्रालय तथा सरोकारवालाहरूसँग निरन्तर छलफल गरिहेको उल्लेख गर्दै उहाँले पुस्तक नीति छिट्टै आउने विश्वास व्यक्त गर्नुुभयो ।
कार्यक्रममा महासङ्घ गण्डकीका अध्यक्ष कृष्णप्रसाद पोखरेल, प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, पूर्ववरिष्ठ उपाध्यक्ष दिवाकर घिमिरे लगायतले धारणा राख्नुभएको थियो ।
कार्यक्रममा संस्थामा महत्वपूर्ण योगदान गरेको भन्दै पूर्वसंस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डे, महानगर प्रमुख धनराज आचार्यलगायतलाई सम्मान गरिएको थियो ।