मोरङ, १२ माघः मैथिली सेवा समिति विराटनगरको अध्यक्षमा डा एसएन झा चयन हुनुभएको छ । मैथिली भाषी समुदायको आज विराटनगरमा सम्पन्न ३२औँ अधिवेशनले झाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा डा योगेन्द्रप्रसाद यादव र अधिवक्ता सञ्जु साह, महासचिवमा मृत्युञ्जय मिश्र, सचिवमा रोशन देव र उपसचिवमा रोकशकुमार ठाकुर र कोषाध्यक्षमा दीपेन्द्रकुमार झा चयन हुनुभएको छ । साथै सदस्यहरुमा विमला पोद्दार, आरती झा, नित्यानन्द झा, प्रेमचन्द्र झा, कामानन्द झा, बिजेन्द्र कर्ण, मोहन झा र सुशीलकुमार झा रहनुभएको छ जनाइएको छ ।
निर्वाचन समितिका संयोजक प्रा वीरेन्द्रकुमार झा पदाधिकारीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।
