काठमाडौं ५ फागुन । दर्जनौ म्युजिक भिडियोमा मोडलिङ गरिसकेका चर्चित मोडल गीरी राजाले आफ्नो जन्मदिनको अवसरमा बिहान पशुपति नाथको दर्शन गर्नुका साथै पशुपति परिसरमा आश्रित दुखी, पिडितलाई सकेको आर्थिक सहयोग गरेका छन् भने सोही दिन बेलुका गीतसंगीत र कला क्षेत्रका परिचित व्यक्तित्वहरुसंग केक काटेर जन्मोत्सव मनाएका छन् । यसअघिका जन्मदिनमा मोडल गीरीले विभिन्न स्थानमा न्यून आय भएका परिवारलाई आर्थिक र शैक्षिक सामग्री सहयोग गरेर सामाजिक कार्य गरेर मनाउँदै आएका थिए ।
