काष्ठमण्डम सितोरियो कराते प्रतियोगिता सम्पन्न

खेलकुद

काठमाडौं । वागमति प्रदेश काष्ठमण्डम सितोरियो कराते प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरको आयोजनामा त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्ड हलमा भएको प्रतियोगितामा काठमाडौले ४ स्वर्ण, ३ रजत पदक जित्दै टिम च्याम्पियनको उपाधि जितेको छ ।

यसैगरी भक्तपुर र चितवनले बराबर २ स्वर्ण १ रजत र ३ कास्य पदक प्राप्त गरेकाले गोला प्रथाद्वारा चितवन दोस्रो र भक्तपुरले तेस्रो स्थान हासिल गरेको थियो ।

पदक प्राप्त विजेता खेलाडि तथा टिमलाई वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, वागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक लामा लगायतले पदक तथा ट्रफि प्रदान गर्नुभएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पुरुष ९ र महिला ८ सहित कुल १७ स्पर्धामा ९ सय भन्दा बढी कराते खेलाडिहरुले सहभागीत जनाएका थिए । प्रतियोगिताको सोमबार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार काफ्लेले एक समारोहकाबीच समुद्घाटन गर्नुभएको थियो ।

Facebook Comments Box