मिति २०८१ फाल्गुन १६ गते प्रसिद्ध ज्यो.पं. डा. रुद्रनाथ अधिकारीका गीति भिडियोहरु “अब अति भइसक्यो, जागौं” (राष्ट्र भक्ति गीत) “आमा” (मातृ भक्ती गीत) र “आउन माया आउ मेरो हात समाउ” (प्रेमिल गीत) लगायत अन्य अडियो कृतिहरुको “श्री पराशक्ति ज्योतिष तथा कर्मकाण्ड संस्थान” को आयोजना तथा “गीतकार सङ्घ नेपाल” को सहकार्यमा काठमाडौ,अनाम नगर स्थित किम्ची व्याङ्क्विट्मा लोकार्पण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।उक्त कृतिहरुको लोकार्पण देशका वरिष्ठ श्रष्ठा,संगीत प्रेमी र पारखिहरु सहित विभिन्न सङ्घ,संस्थाका प्रमुखहरू, बौद्धिक र सामाजिक गणमान्य व्यक्तित्वहरु तथा केही अधिकारीका शुभचिन्तक विदेशी भक्तहरुको समेत सहभागिता एवं उपस्तिथिमा गीतकार सङ्घ नेपालका अध्यक्ष श्री बसन्त बित्यासी थापाको अध्यक्षता तथा सम्मानित गीतकार श्री दीपक थापा ज्युको प्रमुख आतिथ्यमा सुसम्पन्न भएको थियो। उनका उक्त कृतिहरुको समिक्षा वरिष्ठ गीतकार श्री बिष्णु देवकोटा ज्युले गर्नुभएको थियो र विभिन्न विद्वान वक्ता र स्रष्टाहरुले अधिकारीका कृतिहरुको मुक्त कण्ठले प्रसंसा गरेका थिए।त्यसमा पनि ” अब अति भइसक्यो जागौं” त अति समय सान्दर्भिक र पेचिलो यथार्थको उजागर भन्दै तालिको गड्गडाहटले अनुमोदन गरेका थिए।
डा. अधिकारीको जन्म लमजुङ जिल्लामा पिता पं. तेज प्रसाद अधिकारी र माता त्यागिमाया अधिकारीका माइला छोराको रुपमा भएको थियो र उनको बाल्यकाल तनहुँ र चितवनमा वितेको थियो।अधिकारीको प्रारम्भिक शिक्षा श्री सीताराम संस्कृत माध्यमिक विद्यालय र श्री वेदवेदाङ्ग विद्यालय, देवघाटमा र उच्च शिक्षा भारतको श्री सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय,वनारस, श्रीधाम वृन्दावन तथा विद्यावारिधी श्री महार्षी विश्वविद्यालय, भोपाल वाट ज्योतिष शास्त्रमा गरेका थिए।उनको ज्योतिष प्रमुख विषय त थियोनै तर साहित्य,दर्शन शास्त्र,कर्मकाण्ड र धर्मशास्त्रमा पनि उत्तिकै रुचिका साथ अध्ययन हासिल गरेका छन्। अधिकारी बाल्यकाल देखिनै अति तिक्ष्ण बुद्धि, अनुशासित, मेहनती र अनेकौं प्रतिभाका धनी थिए।गरिबी,अभाव र अनेकौं आरोह अवरोहका विच कठिन परिस्थितिका बाबजुद पनि ऊनी एक लक्ष भेदी, भविष्य प्रती दृढ़ संकल्पित व्यक्ति थिए।यिनै गुणहरुका कारणनै उनलाई लक्ष प्राप्ति सम्म पुर्याइ छाड्यो र एक प्रसिद्ध ज्योतिष एवं भविष्य वक्ताका रुपमा आज देश विदेशमा चितपरिचित छन्। उनका स्वदेशमा मात्र नभई विदेशमा समेत लाखौं भक्त, शुभचिन्तक र अनुयायीहरु छन्। उनि एक ज्योतिष मात्र नभई साहित्यकार,गीतकार,समाज सेवी, विश्लेषक, तथा कर्मनिष्ठ पण्डित पनि हुन्।वर्तमानमा उनी विभिन्न धार्मिक र सामाजिक संघसंस्थामा पनि आवद्ध रहि सेवा कार्य गर्दै आएकाछ्न। समयसमयमा विभिन्न मिडिया र उनकै निजी युटुव च्यानल “रुद्रनाथ अधिकारी”को माध्यम बाट उनले गर्दैआएका भविष्यवाणिहरु १००% सत्य सावित भइ चर्चा कमाएकाछ्न र आज पनि उत्तिकै सान्दर्भिक छन्।
उनका गीतहरुका हरेक शब्दहरुमा गहन साहित्य, अर्थ,भाव,रस,अलंकार, माधुर्यता, शिक्षा र सन्देशले भरिपूर्ण छन्। उनका लेख र कृतिहरुमा सामाजिक चेतनाको उज्यालो पक्षहरु छन् भने विकृति, विसंगति, अनाचार,दुराचार र भ्रष्टाचार प्रतिको तिव्र कटाक्ष पाइन्छ।हरेक गीत,संगीत,लेख र साहित्यमा आफ्नो मौलिकता सहित सन्देश र शिक्षामुलक हुनुकासाथै मर्यादित हुनुपर्छ,जो सबैको सुखदुःखको साथी बनोस्, युग गुग सम्म सबैको मन र मस्तिष्कमा अटाइरहोस अनि बाँचीरहोस् भन्ने धारणा आफ्नो रहिआएको बिचार राख्छन्।
आफ्ना बिचार र अभिव्यक्ति राख्ने क्रममा डा. अधिकारीले आफ्नो भारतीय सेनाको सेवाकालमा पाकिस्तान र चाइनाका बोडर क्षेत्र देखि कार्गिलको युद्ध लगायत इराक,अफगानिस्तान जस्ता संसारका विभिन्न देशका युद्ध ग्रस्त क्षेत्रमा कार्य गर्दा पनि आफू सुरक्षीत र कुशल रहेको,तर आफ्नै मातृभूमिको काख र आफ्नै घरमा असुरक्षित भएको र पटकपटक देशभित्रैका केही तत्व र आतंककारीहरु बाट आफू सहित परिवारै प्रताडित हुनुपरेको पिडाहरु समेत व्यक्त गरे।