विराट गोल्डकप फुटबलः रिजालको मोरङ एफसी विजयी

खेलकुद

मोरङ, १९ फागुनः विराटनगरको सहिद रङ्गशालामा आजदेखि सञ्चालन भएको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा रिजालको मोरङ एफए विजयी भएको छ ।

विराट गोल्ड कप ट्रष्टद्वारा आयोजित रात्रिकालीन प्रतियोगितामा रिजालको एफएले भारतको कोलकात्ताको साउर्थन समिति एफसी लाई ३–२ गोलले पराजित गरेको हो ।

रिजालको ११ नं जर्सीका अभिषेक गुरुङले मध्यान्तर अगाडि पहिलो गोल गरे भने प्रतिउत्तरमा कोलकात्ताका जर्सी नं १५ का सुदिप्ता हाल्डेनले १३ मिनेटमा गोलगरी खेल बराबरीमा पु¥याएका थिए ।

यसैगरी कोलकात्ताका जर्सी नं ७ का अनिवेशले ३४ मिनेटमा गोल गरेका थिए भने रिजालकोका जर्सी नं २ का दोर्जे तामाङले ४६ मिनेटमा पेनाल्टीमार्फत गोलगरी खेललाई पुनः बराबरमा पु¥याएका थिए । मध्यान्तरपछिको ४४ मिनेटमा रिजालकोका जर्सी नं १३ का मौसमले लिम्बूले गोलगरी आफ्नो टिमलाई विजयी बनाई क्वाटर पुर्‍याउन सफल भएका छन् ।

खेलको ‘म्यान अफ दि म्याच’ रिजालको मोरङ एफएका मौसम लिम्बू घोषित भई रु ११ हजार नगद प्राप्त गरेका छन् । भोलिको खेल गत वर्षको विजेता सशस्त्र प्रहरीको एपिएफ र भारत दिल्लीको सुदेभा दिल्ली एफसी बीच हुने ट्रष्टले जनाएको छ ।

प्रतियोगितामा भारतका दुई र नेपालका विभागीय टिमसहित १० टिम सहभागी छन् । प्रतियोगितको विजेतालाई नगद रु ११ लाख, उपविजेतालाई रु पाँच लाख, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई रु ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई रु ५१ हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले उक्त फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

Facebook Comments Box