धीरज र तुलसाको स्वरमा ‘सोल्टिनीको शिरैमा’

मनोरन्जन समाचार

काठमाडौं २२ फागुन । शिरफुले भाकाका साथै मगर समुदायमा सालैजो, यानीमाया, सुनीमाया, अभिजाले माया, झ्याउरे र चुट्का भाका लोकप्रिय छन् । म्याग्दीको ग्रामीण भेगका मगर समुदायमा धार्मिक कार्यका अवसरमा समूहमा बसेर शिरफुले र चुट्का भाका गाउने प्रचलन छ ।
मोडल, गायक धीरज खत्री र तुलसा सुनुवारको स्वरमा मौलिक कौडा गीत ‘सोल्टिनीको शिरैमा’ बोलको भिडियो सार्वजनिक भएको छ । भिडियोमा समुहमा बसेर महिला, पुरुषको नृत्य र दोहरी खेलेको देखाईएको छ ।
अर्पण केसी र राजेन्द्र बाजुरालीको समुह स्वर रहेको गीतको भिडियोमा धिरज खत्री, अस्मिता पुरी, तुलसा सुनुवार, अर्पण केसी, रेशम केसी, कविता खत्री, बिनोद कँडेल, ज्याक गुरुङ, लेख मोक्तान, प्रयाग तिरुवा, मनोज राई, रेश्मी राई, माया खड्का, बिना मगर भण्डारी, नानु भण्डारी, लक्ष्मी आमा, मिना पौडेल, रुकमणि खड्का, कृष्ण माया आदिको अभिनय छ । कृष्ण केसीको संगीत संयोजन रहेको यसमा केशव अधिकारी ‘खत्री’को सिनेम्याटोग्राफी, हुम गैरेको सम्पादन, रोजिना श्रेष्ठको मेकअप र राजन महर्जको निर्देशन रहेको छ ।

Facebook Comments Box