नुवाकोट आर्दश बहुमुखी क्याम्पसको ३९ औ वार्षिक उत्सव सम्पन्न

मुख्य समाचार समाचार स्वास्थ्य/शिक्षा

विदुर । नुवाकोट जिल्लाको पुरानो सामूदायिक क्याम्पस नुवाकोट आर्दश बहुमुखी क्याम्पसको ३९ औ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । पूर्व अर्थमन्त्री तथा नेपाी कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको कार्यक्रममा क्याम्पस सञ्चालनमा सहयोग गर्ने व्यक्तित्वहरुलाई समान तथा विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो ।

उक्त समारोहलाई सम्बोधन गर्दै डा. महतले पछिल्लो समय क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएको भन्दै विद्यार्थीहरुको माग र आवश्यकता अनुसारको विषय पढाई हुनुपर्नेमा जोड दिनुभयो । डा. महतले नुवाकोट जिल्लाको पूरानो क्याम्पसलाई देशकै शैक्षिक हब बनाउन आफु तयार रहेको भन्दै जनसरोकारमा रहेका सबैले चासो र चिन्ता व्यत्त भएमा शैक्षिक गुणस्तर बढ्नुकाबढाउन सकिने बताउनुभयो । पुर्व अर्थमन्त्री डा. महतले नुवाकोटको विकासलाई आफुले सधैँ प्राथमिकतामा राखेको भन्दै नुवाकोट आर्दश बहुमुखी क्याम्पसलाई उच्चस्तरीय क्याम्पसको रुपमा विकास गर्न आफूले सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । पूर्व मर्थमन्त्री डा. महतले छहरे टोखा सुरुड.मार्गको काम वर्तमान सरकारले अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति तथा बाग्मति प्रदेशसभाका सांसद रमेश महतले नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा विद्यार्थी बढाउन क्याम्पसलाई एक अध्ययन केन्द्रको रुपमा विकास गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले छिल्लो समय क्याम्पसको पढाई सर्टिफिकेट हात पार्ने माध्यम मात्र बनेको भन्दै युग सुहाउँदो जनशत्ति उत्पादनको थलो बन्नुपर्ने उल्लेख गर्नुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी नेपाली कांग्रेस नुवाकोटका उप–सभापति राजु थापा, रााष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति रामेशवर गजुरेल, क्याम्पस संचालक समितिका सदस्य प्रकाशचन्द्र ढुङ्गाना लगायतका वक्ताहरुले छिल्लो समय क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएकोले त्यसतर्फ सरोकारवालाहरुले ध्यान दिन जरुरी रहेकोमा जोड दिनुभएको थियो । कार्यक्रममा क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले क्याम्पसको स्थापनाकालदेखि विभिन्न समस्या झेल्दै आजको अवस्थासम्म आएको भन्दै क्याम्पसको आम्दानीको स्रोत भनेकै विद्यार्थी शुल्क र सटर भाडा रहेको जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठले क्याम्पसलाई आगामी दिनमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन कलेजको रुपमा विकास गरेर जिल्लाकै उत्कृष्ट शैक्षिक हब बनाउने दावी गर्नुभयो । यस्तै वार्षिकउत्सवमा क्याम्पसको शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख नारायणमान डंगोलले २०४२ सालमा मानविकी संकायमा प्रमाणपत्र तहबाट अध्ययनको शुरुवात गरिएको क्याम्पसमा हाल एक हजार दुई सय ५० विद्यार्थी पुगेको बताए । क्याम्पसले स्थापना कालदेखि उत्कृष्ट नजिता हासिल गरिरहेको भन्दै आगामी दिनमा अझै बढी राम्रो नतिजा ल्याउन प्रयास गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रममा क्याम्पस सञ्चालनमा सहयोग गर्ने व्यक्तित्वहरु तथा विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका सभापति रविन दाहालसहतिका विद्यार्थीहरुले सांगेतिक प्रस्तुतीमार्फत मनोरन्जन प्रदान गरेका थिए ।

नुवाकोट जिल्लाको पूरानो क्याम्पस भएको यसको विकासमा र गुणस्तरिय शिक्षामा आम जिल्लाबासीको जोड रहेको छ । जिल्ला सदरमुकाम नजिक भएकाले जिल्ला भरिका विद्यार्थी उक्त क्याम्पसमा अध्ययन गर्न आउने गरेका छन् ।

Facebook Comments Box