विष्णु गुरुङ
सौल / दक्षिण कोरिया ।
दक्षिण कोरियामा रहेको सम्पुर्ण नेपालीहरुलाइ समेट्ने गरि विभिन्न किसिमका खेलकुदगतिविधिहरू(भलिबल,फुटसल,चेस,टेबलटेनिस,ब्याडमिन्टन,किर्केट,क्यारम बोर्ड,पुल बिलियार्ड) सम्पन्न गर्ने उदेश्यका साोथ फुर्वा लामाको नेत्रृत्तवमा ह्रासङ स्पोर्ट्स क्लवको स्थापना भएको छ ।

कार्यसमितिमा वरिष्ठ सल्लाहकारको रुपमा खगेन्द्र खत्री र सल्लाहकारमा लक लामा त्यसैगरी अध्यक्षमा फुर्बा लामा ,सचिवमा सुशील पौडेल ,कोषाध्यक्षमा सन्तोष लिम्बु सदस्यहरुमा मदन पौडेल ,अर्पण लिम्बु ,विकास सापकोटा ,सीपी राई चुनिएका छन् ।सम्पूर्ण खेल क्षेत्रका ब्यक्तिहरुलाई समेट्ने गरी उपाध्यक्ष ,सहसचिव ,सहकोषाध्यक्ष लगायत सदस्यहरु नयाँ कार्यसमितिले चुन्ने ह्रासङ स्पोर्ट्स क्लवका बरिष्ठ सल्लाहाकार खगेन्द्र खत्रीले बताएका छन् ।

