अभिनयमा अब्बल दिप खड्का को चर्चा चुलिदैँ

मनोरन्जन समाचार

काठमाडौँ  । रामेछाप जिल्लाको बेताली मा जन्मिएका कलाकार दीप खड्काको कलाकारिताको  चर्चाले शिखर चुमेको छ। अभिनयमा अब्बल दिप खड्का सानैदेखि अभिनयका पारखि थिए ।विभिन्न गाउँमा लगाएको पुजा ,मेला,अनि बिद्यालयको हरेक प्रोग्राम मा भाग लिनेगरेेेका खड्काले एस एल सि उत्रिण गरिसकेपछि चाहिँ आफ्नो सपना पुरा गर्न राजधानीतिर लागे।

आफ्नो अध्ययनलाई पनि निरन्तरता दिँदै  अब्बल प्रशिक्षकबाट निर्त्य र  कलाकारिताको प्रशिक्षण समेत लिएका  खड्कका अहिले  बिभिन्न डकुमेन्टी, म्युजिक भिडियो एंव बिभिन्न  कार्यक्रमहरूमा ब्यस्त छन।

५.७ हाइट भएको खड्का  झट्  हेर्दा क्यमरा लुकस भएको र अभिनय पोक्त अनुहार ब्यक्ति मानिन्छ ।यसै गरि हालसालै गीतकार तथा गायक ईश्वर लुङगेली मगर को शब्दमा “आउन सानी सगै नाचौ हामी डिस्कोमा” म्युजिक भिडियो छायांकन समेत  समाप्त भएको छ ।

ईश्वर लुङेली मगर को शब्द, मा उहाँकै सुमधुर आवाजमा रहेको गित लोकप्रिय सगितकार मान बहदुर कुलुङ को रहेकोे छ।सोही गितको म्युजिक भिडियोको छायांकन समाप्त भएको हो । उक्त म्युजिक भिडियोको निर्देशन बुलेट सन ले गरेको छन् भने उक्त भिडियोलाइ जनक राज अधिकारी ले छायांकन गरेका हुन्। म्युजिक भिडियोमा दिप खड्का नवीन बुढाथोकी र एलिना रायमाझी अभिनय गरेका छन् भने सुस्मा शिह ले कोरियोग्राफी गर्नु भएको छ।

Facebook Comments Box