प्रेस काउन्सिल बर्ष कर्मचारी पुरस्कार र प्रोत्साहन पुरस्कार
१. बिपुल पाण्डे (प्रोत्साहन पुरस्कार)
२०५१ सालमा नुवाकोटमा जन्मनु भएका पाण्डे २०७५ सालदेखि मिडिया अनुगमनकर्ताको रुपमा कार्यरत हुनुहुन्छ । उहा यसका अलवा नाट्य क्षेत्र फोटो ग्राफीमा दक्षता रहेको छ । उहाले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा सामाजिक कार्य बिषयमा स्नताक गर्नु भएको छ । उहाँलाई प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।
२. हर्कबहादुर श्रेष्ठ (बर्ष कर्मचारी पुरस्कार)
२०२३ सालमा भिमेश्वर नगरपालिका ४ दोलखामा जन्मनुभएका श्रेष्ठ २०४५ सालदेखि प्रेस काउन्सिलमा कार्यरत हुनुहुन्छ ।
३. सबिता बाँनिया (बर्ष कर्मचारी पुरस्कार)
म्याग्दी निवासी बानियाँ २०७० सालबाट प्रेस काउन्सिलमा बरिष्ट कम्प्युटर अपरेटर पदमा नियुक्ति हुनुभएकोमा हाल उहाँ अभिलेख शाखामा कार्यरत हुनुहुन्छ ।
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार (रु. १५ हजार)
१.रिङकु मिश्र (गायत्री)
टिभी टुडे जनकपुरमा समाचार वाचिका पत्रकार रिङकु मिश्र गायत्रीले वि.सं २०६३ साल देखि रेडियो टुडेबाट पत्रकारिता क्षेत्रमा पाईला चाल्नु भएको हो । पत्रकार मिश्रसँग रेडियो मिथिला,अपन टिभी मिथिलाञ्चल एफएम,मिथिलाञ्चल विशेष पत्रिका लगायतका विभिन्न मिडियामा कार्य गरेको अनुभव छ ।
२. सोम बहादुर थापा, (कैलाली)
वि.सं २०५२ सालदेखि विभिन्न ट्याबलेट समाचारपत्रहरुमार्फत पत्रकारिता क्षेत्रमा प्रवेश गर्नु भएका पत्रकार सोमबहादुर थापा हाल फ्रिलान्सरको रुपमा कार्यरत हुनुहुन्छ । पत्रकार थापाले सहस्राव्दी साप्ताहिक,नेपाल समाचार पत्र, सत्यपत्र नेपाली दैनिक, एभिन्यूज टेलिभिजनको समाचार सम्पादक,हिमालय टेलिभिजनको प्रधानसम्पादकरुपमा कार्य गरिसक्नु भएको छ ।
३.विधान श्रेष्ठ, (इलाम हाल काठमाडौँ)
वि.सं २०६१ सालमा नव युवा मासिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नु भएका पत्रकार विधान श्रेष्ठ हाल रातोपाटी डट.कमका समाचार सम्पादक हुनुहुन्छ । श्रेष्ठको नौलो प्रतिक मासिक,ग्रेटवे अंग्रेजी मासिक जस्ता मिडियामा कार्य गरेको अनुभव छ ।
४.निलिफा सुब्बा, (सुनसरी)
धरान टाईम्सबाट आफ्नो पत्रकारिता यात्रा आरम्भ गर्नु भएकी पत्रकार निलिफासुब्बा,हाल सञ्चारिका समूह पुर्वाञ्चल क्षेत्रको अध्यक्ष हुनुहुन्छ । पत्रकार निलिफा सुब्बापत्रकार महासंघ पूर्व केन्द्रिय सदस्य मर्निङ टाईम्स, गणतन्त्र एफएम साथै युके रेडियो लगायतका मिडियाहरुमा काम गरेको अनुभव रहेको छ ।
५.मञ्जिमा ढकाल, (काठमाडौँ)
२०७३ सालमा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा मास्टर गर्नुभएकी मञ्जिमा ढकाल हाल द राइजिङ नेपालमा कार्यरत हुनुहुन्छ । विशेषगरी शिक्षा, मानवअधिकार, वातावरण र लैङ्गिक क्षेत्रलाई विषय बनाई पत्रकारीता गर्ने मञ्जिमा ढकालले सामाजिक न्यायको लागि निरन्तर कलम चलाउदैँ आउनुभएको छ । उहाँले पत्रकारिता क्षेत्रमा दिनुभएको निरन्तरता र योग्दानको कदरस्वरुप प्रेस काउन्सिल नेपालद्धारा, प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
६.करुण अर्याल, (कपिलवस्तु हालः काठमाडौँ)
वि.सं २०५२ सालमा प्रजातन्त्र साप्ताहिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नु भएका पत्रकार करुण अर्याल हाल गोरखापत्र दैनिकमा कार्यरत हुनुन्छ । अर्यालको घटना र विचार,रेडियो नेपाल,समाचार पत्र दैनिक,युवामञ्च,राजधानी दैनिक जस्ता राष्ट्रिय मिडियामा कार्य गरेको अनुभव छ ।
७.डिलाराम भुसाल
२०६३ सालमा राजधानी दैनिकको संवाददाताको रुपमा आफ्नो पत्रकारिता यात्रा सुरुगर्नु भएको पत्रकार डिलाराम भुसालहाल बुद्ध दर्पण दैनिक कपिलवस्तुको कार्यकारी सम्पादक तथा नयाँ पत्रिका दैनिकको संवाददाता एवं पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष हुनुहुन्छ । पत्रकार भुसालसँग नेपाल वान टेलिभिजन,नमस्ते रेडियो,देउराली एफएम लगाएतका मिडियामा कार्य गरेको अनुभव छ ।
८.अमर खड्का, (सुनसरी)
वि.सं २०६० सालमा विराटनगरबाट प्रकाशित हुने दर्शन दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नु भएका पत्रकार अमर खड्का नेपाल पत्रकार महासंघ सुनसरी शाखा अध्यक्ष हुनुहुन्छ । खड्काको गोरखापत्र दैनिक,मकालु टेलिभिजन,जनमत साप्ताहिक कञ्चनजङघा एफएम, जस्ता दर्जनौँ मिडियामा कार्य गरेको अनुभव रहेको छ ।
९.अजयदीप शर्मा, (रुकुमः हाल दाङ)
वि.सं २०५५ सालमा दाङमानौलो जनउभार साप्ताहिकबाट आफ्नो पत्रकारिता यात्रा सुरु गर्नु भएका पत्रकार अजयदीप शर्मा युद्धकालिन समयमा युद्धपत्रकारको रुपमा जनादेश पश्चिमसंस्करणमा सम्पादक सहयोगी,र रेडियो जनगणतन्त्रमा फिल्ड संवाददाताको रुपमा कार्य गर्नु भयोे उहाँ पत्रकार महासंघ दाङको पूर्व उपाध्यक्ष तथा केन्द्रिय सदस्य भईसक्नु भएको छ । पत्रकारिता क्षेत्रमा कठिन परिस्थितिमा पनि उहाँले पु¥याउनु भएको महत्वपूर्ण योग्दानको सम्मान गर्दै प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएकोमा हार्दिक–हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
१०.मीना तिवारी (घिमिरे), काठमाडौँ
वि.सं २०५४ सालदेखी योजना साप्ताहिकबाट आफ्नो पत्रकारिताको यात्रा सुरु गर्नु भएकीपत्रकार मीना तिवारी घिमिरे हाल ऐक्यबद्धता मासिक र संसार न्युज डटकमको सम्पादक हुनुहुन्छ । उहाँले पत्रकारिताका क्रममा २०५९देखि ५ महिना जेलजीवन समेत व्यतित गर्नु भएको छ ।
प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार (रु.२० हजार)
होमशंकर बास्तोला (अन्तर्बोध साहित्यिक त्रैमासिक सम्पादक/प्रकाशक)
साहित्यकार तथा पत्रकार होमशंकर बास्तोलाको जन्म २०३१ भदौ २७ गते ओखलढुङ्गा जिल्लाको कुइभिर मा भएको हो । विभिन्न साहित्यिक पत्रिकाहरुमा दुई दशकदेखि प्रकाशक वा सम्पादकको भूमिका निर्वाह गर्नुका साथै विभिन्न साहित्यिक संघ संस्थामा समेत आवद्ध भई साहित्यिक पत्रकारिताको विकास र संरक्षणका लागि उहाँले दिनुभएको योगदानको कदरस्वरुप प्रेस काउन्सिल नेपालद्धारा प्रेस काउन्सिल साहित्यिक पुरस्कार प्रदान गरिएको छ ।
पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना ।
प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार (रु.२० हजार)
मो. हसन मियाँ
नेपालमा उर्दू पत्रकारिता र साहित्यको संरक्षण सम्वद्र्धनमा अग्रणी भूमिका निर्वाह गर्नु भएका मोहम्मद हसन मियाँ आज भन्दा ५६ वर्ष अगाडि बसन्तपुर ८, सुनसरीमा जन्मनु भएको हो । नेपालको पहिलो उर्दू भाषाको पत्रिका पैगामको सम्पादकसमेत रहेका हसन विगत २० वर्षदेखि यस क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँले भारतको प्रख्यात अलिगढ मुस्लिम विश्वविद्यालयबाट अरबी र उर्दू भाषामा स्नातत्तोर (एमए) सम्मको अध्ययन गर्नु भएको छ ।नेपालमा उर्दू र अरबी भाषाको सफ्टवेर पत्रिका तथा किताबमाप्रयोगको शुरुवात उहाँले गर्नु भएको हो ।
प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार (रु. २० हजार)
१.विश्वमणी सुबेदी, (सुनसरी, हालः काठमाडौँ)
इनरुवा सुनसरी निवासी विश्वमणी सुबेदीले छलफल साप्ताहिकबाट पत्रकारिताको प्रारम्भ गर्नु भएको हो । यस पछि नव आवाज, जनआस्था साप्ताहिक, नयाँपत्रिका दैनिकमा कार्य गर्नु भएको छ । जनधारणा साप्ताहिक, प्रकाश साप्ताहिक, सौर्य साप्ताहिक, छानबिन साप्ताहिक, कलापुञ्ज मासिक मा स्तम्भकारको रुपमा पनि भूमिका निर्वाह गर्नु भएको छ । प्रेस जागरण नेपालका संस्थापक सुबेदी दुई पटक प्रेस चौतारीको केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष पनि भई सक्नु भएको छ । बामदेब गौतम उपप्रधानमन्त्री हुदा २०६५ र २०७० सालमा प्रेस संयोजकको भूमिकामा पनि हुनु हुन्थ्यो ।
२.बिष्णु प्रसाद शर्मा (दैलेख)
दैलेख जस्तो दुर्गम जिल्लाबाट २०६३ सालदेखि नेपाल टेलिभिजन र २०६४ सालबाट नयाँपत्रिका दैनिकमा हालसम्म नै जिल्ला संवाददाताको रुपमा कार्य गर्दै आउनु भएका शर्मा २०६४ सालदेखि २०६७ सम्म पत्रकार महासंघ दैलेख शाखाको सभापतिको रुपमा पनि जिम्मेवारी पूरा गर्नु भएको छ । उहाँ धमाका दैनिक दैलेखको प्रकाशक सम्पादक पनि हुनुहुन्छ ।
३.हरि जोशी, (कञ्चनपुर)
महेन्द्रनगर १८ कञ्चनपुर निवासी श्री सार्थक साप्ताहिक कञ्चनपुरका सम्पादक हरि जोशी बि.स. २०६४ देखि २०६७ सम्म नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको सभापति भईसक्नु भएको छ । गढवाल विश्वविद्यालयबाट एमए र कानुनमा स्नातकसम्म अध्ययन गर्नु भएको छ ।
४.यज्ञप्रसाद शर्मा, (मोरङ)
बिराटनगर ११ जनपथ निवासी यज्ञप्रसाद शर्मा शुभसन्देश डटकमको सम्पादक हुनुहुन्छ । नेपाल समाचारपत्रमा १८ वर्षसम्म कार्य गर्नु भएका शर्मा नेपाल प्रेस इन्स्च्युट र क्षेत्रिय मिडिया स्रोत केन्द्र बिराटनगरमा तालिम विज्ञको रुपमा पनि सहजिकरण गर्दै आइरहनु भएको छ । त्रिविबाट एमबिए गरेका शर्माले डेनिस स्कुल अफ जर्नालिज्मबाट पनि खोज पत्रकारिताको बिषयमा अध्ययन गर्नु भएको छ साथै पुर्वाञ्चल विश्वविद्यालयबाट सन् २०१२ मा पत्रकारितामा स्नातकोत्तर पनि गर्नु भएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाको सभापति हुदै २०५९ सालमा नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष पनि हुनु भयो । सन् २००६ देखि २००८ सम्म प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य भएर पनि पत्रकारिता क्षेत्रमा योगदान गर्नुभएको छ ।
५.बालकृष्ण प्रसाद, (धनुषा, हाल काठमाडौँ)
जनकपुरधाम निवासी बालकृष्ण प्रसादले २०४० सालदेखि २०४८ सम्म युग सन्देश साप्ताहिक र २०४७ देखि २०४९ सम्म राससमा कार्य गर्नुभएका बालकृष्ण प्रसादले २०४९ सालदेखि नेपाल टेलिभिजनबाट टेलिभिजन पत्रकारिता सुरु गर्नु भई प्रमुख समाचार सम्पादकबाट २०७२ सालमा अवकाश प्राप्त गर्नु भयो । २०७३ देखि २०७५ सम्म माउन्टेन टिभिमा समाचार संयोजक र डेस्क सम्पादकमा पनि कार्य गर्नु भएका बालकृष्ण हाल स्वतन्त्र पत्रकारिता गरिरहनु भएको छ ।
६. शंकर कार्की, (खोटाङ, हाल कामाडौँ)
२०३९ सालदेखि जानकारी साप्ताहिकको प्रकाशन÷सम्पादन गर्दै आउनु भएका शंकर कार्कीको जन्म २०१४ सालमा खोटाङ्गमा भएको हो । २०३६ सालबाट पत्रकारितामा संलग्न कार्की नयाँसन्देश साप्ताहिक, नयाँकिरण साप्ताहिक, प्रतिध्वनी साप्ताहिक, साँघु साप्ताहिक र समिक्षा साप्ताहिकमा पनि विभिन्न समयमा संलग्न रहनु भयो ।
७. शिवबहादुर कार्की (मोरङ)
२००३ माघ २८ गते शंकरपुर विराटनगर मोरङमा जन्मनुभएका शिवबहादुर कार्की २०१९ सालबाट प्रध्यापन पेशाका साथै वाम राजनीतिमा पनि संलग्न हुनु भई २०२४ सालमा काठमाडौबाट प्रकाशित हुने एशियाली आवाज र युगसम्वाद पत्रिका मार्फत पत्रकारिताको पनि सुरु गर्नु भयो । २०५८ सालदेखि २०६४ सम्म नेपाल पत्रकार महासंघ मोरङको २ कार्यकाल सभापति हुनु भएका कार्की२०३६,२०४६ र ०६२÷६३ सालमा भएका विद्यार्थी तथा जनआन्दोलनका क्रममा पटक पटक जेल जीवन व्यतित गर्नु भयो । विभिन्न सामाजिक क्रियाकलापमा संलग्न कार्कीले विभिन्न पुरस्कार तथा सम्मान पाउनुका साथै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पनि प्राप्त गर्नु भएको छ ।
८. सिताराम प्रसाद वर्मा कट्टेल, (धादिङ)
निलकण्ठ नगरपालिका वडा नं. ३ पुछारबजार, धादिङ निवासी सिताराम प्रसाद वर्मा कट्टेलको जन्म १९९९ असोज १९ गते भएको हो । २०५० साल बैशाख १ गतेबाट हालसम्म राष्ट्रिय समाचार समिति (रासस) को धादिङ समाचारदातामा कार्यरत वर्मा रासस संगै कान्तिपुर,गोरखापत्र, स्पेश टाइम्स दैनिक, च्यानल नेपाल टेलिभिजन, घटना र बिचार साप्ताहिकको जिल्ला संवाददाता भएरपनि काम गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ धादिङ शाखाको संस्थापक सभापति भई ४ पटकसम्म शाखालाई नेतृत्व दिनु भएका वर्मा धादिङमा हिमाल साप्ताहिक पत्रिका पत्रिकाका प्रकाशक÷सम्पादक हुनुहुन्छ ।
९.नेपाल भुषण न्यौपाने, (गोरखा, हालः काठमाडौँ)
२०२७ सालदेखि सम्पादकको भूमिकामा रहनु भएका न्यौपाने हाल चर्चा साप्ताहिकका सम्पाक हुनुहुन्छ । न्यौपानेको जन्म २००२ साल माघ २२ गते बाबु सोरबहादुर न्यौपाने र आमा राधादेवी न्यौपानेको कोखबाट गोरखाको पालुङटार नगरपालिका न्यौपाने खोलामा भएको हो । स्नातकसममको अध्ययन गरेका न्यौपाने हाल काठमाडौ महानगरपालिका १६ म्हैपीमा बस्नु हुन्छ ।
प्रेस काउन्सिल आचारसंहिता पुरस्कार (रु.५० हजार)
दैनिक नेपालगन्ज बाँके (प्रकाशक/सम्पादक झलक गैरे)
२०५४ सालमा प्रकाशन शुभारम्भ गरेको यस दैनिक नेपालगन्ज पत्रिका २०६८ भदौ १९ गतेबाट निरन्तर रुपमा प्रकाशित हुदैं आएको छ । पत्रकार झलक गैरेद्धारा सम्पादित दैनिक नेपालगन्ज पत्रिकाले पत्रकार आचारसंहिता पुर्ण रुपमा पालना गर्दै पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको देखिएकाले प्रेस काउन्सिल नेपालद्धारा, प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार २०७६ प्रदान गरिएको छ ।
प्रेस काउन्सिल सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कार (रु.१ लाख ५ हजार)
सिन्धुलिमा जन्मनुभएका डा.आचार्य २०४३ साल देखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ । उहाँ नेपाल पत्रकारमहासंघ केन्द्रिय समितिको सभापति र न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष समेत भईसक्नुभएको छ । छापा, रेडियो र टेलिभिज सञ्चारमाध्यमहरुमा राम्रो दखल राख्ने डा. आचार्यले पत्रकारिता क्षेत्रमा दुइ दशक भन्दा बढि समय विताइसक्नुभएको छ । पत्रकारिता क्षेत्रमा उहाँले दिनुभएको योग्दानको कदरस्वरुप प्रेस काउन्सिलद्धारा प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
प्रेस काउन्सिल गोपालदास पत्रकारित पु्रस्कार (रु १ लाख ५१ हजार)
गोविन्दबहादुर थापा, गुल्मी (हाल काठमाडौँ)
बरिष्ठ पत्रकार गोविन्दबहादुर थापाको जन्म २००४ साल असोज १३ गते गुल्मी जिल्लामा भएको हो । समाजशास्त्र र राजनीतिशास्त्रमा एम.ए. सम्मको अध्ययन गर्नुभएका थापाले पत्रकारिताको क्षेत्रमा तिन दशक भन्दा बढी समय बिताइसक्नुभएको छ । पत्रकार थापाले विभिन्न पत्रपत्रिकाहरुमा महत्वपुर्ण जिम्मेवारी वहन गर्दै आउनुभएको छ । इं.स. १९८२ देखि १९९२ सम्म भारतबाट प्रकाशित हुने मासिक पत्रिका “नेपाली एकता” मा सम्पादक भई काम गर्नुभयो र हाल आफ्नै स्वामित्वमा रहेको हाँक साप्ताहिकमा प्रकाशक÷सम्पादकको भूमिका निर्वाह गर्दै आउनुभएको छ । प्रेस काउन्सिलद्धारा हरेक बर्ष प्रदान गरिने गोपालदास पत्रकारिता पुरस्कारद्धारा पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना ।
