काठमाडौं १२ चैत्र । म्युजिक भिडियो निर्देशनको क्षेत्रमा पृथक पहिचान बनाउन सफल केशबराज भट्टको निर्देशन रहेको ‘यो दुनियाँ त बेग्लै भएनि’ बोलको गीतको भिडियो एक मिलियन भ्युज पुग्न सफल भएको छ । कामलाई कामकै रुपमा लिने उनले कहिले सानो ठूलो काम भनेनन् निरन्तर लागिरहेका कारण यो सफलता मिलेको हो ।
अनिश दवाडीको शब्द, संगीत, खेम सेन्चुरी र देवी घर्तीको स्वर समेटिएको मर्मश्पर्शी गीतको भिडियोमा कपिल भट्ट, सोफी धरेल, जुना कार्कीको जिवन्त अभिनय रहेको छ भने सुनिता सुवेदी निर्माता, दिनेश पराजुली छायांकार, मनोज कार्की सम्पादन र केशबराज भट्टको कथा एवं निर्देशन रहेको छ ।
प्रायःबेफुर्सदिलो रहने केशवराजले बिछोडको घाउ, पाउजु मेरो कोही त छ, तु लैला लागि रे, इस्कका आलाम जस्ता नेपाली र हिन्दी गीतसहित सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।
