शेर्पा स्पेनका लागि आवासीय राजदूत नियुक्त

राजनीति समाचार

काठमाडौँ, १० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले दावा फुटी शेर्पालाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले शेर्पालाई राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।