काठमाडौं ७ बैशाख । हास्य कलाकार गणेश ईसारा आफ्नो पाँचौ प्रस्तुतिका लागि यतिबेला हङकङमा छन् भने हिजो शनिबार बगैंचा रेष्टुरेण्ट एण्ड बारको आयोजनामा हङकङ वासी नेपालीहरु बीच कलाकार ईसाराले आफ्ना चर्चित गीतहरु र केही व्याङ्ग्यात्मक प्रस्तुती मार्फत कार्यक्रममा उपस्थित दर्शक, श्रोताहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
कलाकारिताबाट आर्जेको आर्थिक रकम दीन दुखी, गरिब र विरामी अनि अशक्तको लागि खर्चर्दै आइरहेका कारण कलाकार इसाराकोे देश विदेशमा हुने साँस्कृतिक कार्यक्रमहरुमा भ्याई नभ्याई हुने गर्दछ । यसै सिलसिलामा २०२५ अप्रिल १९ तारिखका दिन हङकङमा आफ्नो पाँचौं साङ्गीतिक प्रस्तुतीको लागि उनि गत साता हङकङ पुगेका हुन् ।
समाज सेवी उद्यमी धिराजकुमार साम्पाङ राई प्रायोजक तथा आयोजकमा रहेका छन् भने कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्नका लागि त्यहाँ रहेका समाजसेवी विक्रम राई, बालिका राई, दिपेन्द्र इसारा राई, मिना राई, बिमल ज्ञावली सहित मिना रुम्बा सिताराम राईले प्रायोजन र व्यवस्थापन सम्हालेका थिए ।
