इरानी टोलीलाई प्रथम लायन्स कप भलिबलको उपाधि

खेलकुद

गण्डकी, २२ वैशाखः नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टिमले पोखरामा आयोजित प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

आज पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको फाइनल खेलमा पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टिमले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टिमले उपाधि रक्षा गरेको हो । इरानले तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले जित्यो ।

उपाधि विजेता इरानी टिमले ट्रफीसहित रु चार लाख ४४ हजार ४४४ प्राप्त ग¥यो । उपविजेता नेपाल पुलिस क्लबले रु दुई लाख ४४ हजार ४४४ मा चित्त बुझायो । सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको त्रिभुवन आर्मी क्लबले रु एक लाख ४४ हजार ४४४ हात पा¥यो ।

तेस्रो स्थानका लागि भएको खेलमा आर्मीले पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २२–२५ ले गुमाएको आर्मीले चौथो सेटमा २५–२३ ले जित निकाल्दै तेस्रो हुन सफल भयो ।

विजेता टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायतले ट्रफी र पुरस्कार प्रदान गर्नुभएको थियो । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा भएको प्रतियोगितामा छ टिमले सहभागिता जनाएका थिए ।