इच्छा भण्डारी
सौल / दक्षिण कोरिया ।
“स्वास्थ्यको लागि खेलकुद, मनोरञ्जनको लागि फुटसल” भन्ने नाराका साथ Blue Lion F.C. द्वारा आयोजना गरिने मुक्कुम्लुङ कप फुटसल प्रतियोगिता २०२५ यहि २०८२ जेष्ठ ५ गते (May 18, 2025, आइतबार) को दिन दक्षिण कोरियाको 경기 안성시 보개면 양복리 240-2 मा भव्य रूपमा सम्पन्न हुने भएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक सबै खेल क्लब, संघ-संस्था तथा खेलप्रेमीहरूलाई ₩350,000 प्रवेश शुल्कसहित समयमै टिम दर्ता गराइदिन आयोजकले अनुरोध गरेको छ। टिम दर्ताको अन्तिम मिति 2025 मे 10 तारिख, राति 9:00 बजे सम्म रहेको छ।
प्रतियोगिताका विजेतालाई ₩3,500,000 नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई ₩2,000,000 नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दुवै सेमिफाइनल टिमले ₩500,000 प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट खेलाडी, उदाउँदै खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता लाई जनही ₩100,000 नगद, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ।
सहभागिता सुनिश्चित गर्नको लागि Hana Bank – 153-890930-01307 (Gurung Subash) मा शुल्क जम्मा गर्न सकिनेछ। थप जानकारीका लागि शक्ति (010-3980-3219), सुबास (010-2117-0196), दिपेन्द्र (010-8425-8610), ज्ञानेन (010-7329-0173), मणि (010-5792-6290), वा देव (010-6716-0798) लाई सम्पर्क गर्न सकिनेछ।

यस प्रतियोगिता Kathmandu Mart & Restaurant, Anseong-si को प्रायोजनमा आयोजित हुँदैछ भने GoalNepal.com र विश्वास अनलाइन मिडिया पार्टनर तथा Hanpass रेमिट्यान्स पार्टनर रहनेछ। सम्पूर्ण खेलप्रेमीहरूलाई यस भव्य प्रतियोगितामा सहभागिताका लागि Blue Lion F.C. हार्दिक आमन्त्रण गर्दछ।
