बिष्णु गुरुङ
सउल, मे ६, २०२५
कोरियामा रहेका नेपालीहरूले २५६९औं बुद्ध जयन्ति २०२५ मे ११ तारिख आइतबारका दिन भब्य रुपमा मनाउनेभएका छन् ।
नेपाली सम्पर्क समिति दक्षिण कोरिया, नेफिन कोरिया, नेपाल बौद्ध परिवार दक्षिण कोरिया तथा प्रदेश संस्थाहरूको संयुक्त आयोजनामा हुन लागेको सो कार्यक्रमको मिडिया संयोजन पत्रकार महासंघ दक्षिण कोरियाले गर्ने छ भने मिडिया पार्टनरको रुपमा दक्षिण कोरियामा सकृय रहेका मिडियाहरु रहने छन् ।
कार्यक्रमको भब्य तयारी भइरहेको बताउदै उक्त कार्यक्रम हामी सबै नेपालीहरुको प्रतिष्ठाको कार्यक्रम भएको हुदा कोरियामा रहेका सम्पुर्ण नेपाली संघ सस्थाहरु तथा नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई बुद्ध जयन्तीलाई भव्यताका साथ सम्पन्न गराउनको लागि समेत नेपाल सम्पर्क समितिका कार्यबाहक अध्यक्ष हर्क बिष्टले अनुरोध गरेका छन् ।
कार्यक्रमको समय दिउँसो ठिक १२:०० बजेबाट सुरु हुने र स्थल 경기 용인시 처인구 해곡동 224-4 와우정사 रहेको छ।

सो कार्यक्रम लाई भव्य रुपमा सफल पार्नको लागि जान सजिलो होस् भनेर बसको व्यवस्था पनि गरिएको छ भनि दुङदेमुनबाट बस चल्नेछ,अन्य ठाउँबाट आउनेलाई पनि विशेष गाडीको व्यवस्था गरिने भएको छ। सहभागीहरुले नाम, कहाँबाट आउने र फोन नम्बर कार्यक्रम हुने अघिल्लो दिन जानकारी दिनको लागि आयोजकले अनुरोध समेत गरेको छ।
सो कार्यक्रममा सम्पूर्ण कोरियावासी नेपालीहरूलाई उपस्थित भइ भगवान् बुद्धको जन्मजयन्तीलाई भव्य रूपमा सफल बनाउन आयोजक संस्थाहरूले हार्दिक निमन्त्रणा गरेका छन्।
