मिर्याङ नेपाली समाज दक्षिण कोरियाले १० विद्यालयमा अक्षयकोष स्थापना गर्दै, ५५ लाख कोरियन वोनको लगानी

कोरियाअपडेट

शिक्षा भण्डारी

सौल/ दक्षिण कोरिया ।

मिर्याङ, दक्षिण कोरिया — “सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ मिर्याङ नेपाली समाज, दक्षिण कोरियाले आयोजना गरेको अक्षयकोष हस्तान्तरण कार्यक्रम सन् 2025 मा सफलतापूर्वक सम्पन्न भएको छ।

सन् 2015 मा स्थापित मिर्याङ नेपाली समाजले कोरियामा कार्यरत नेपालीबीच आपसी सहकार्य, सहयोग र शिक्षाको प्रवर्द्धन गर्ने लक्ष्यसहित अक्षयकोष स्थापनाको पहल गरेको थियो। उक्त कोषको माध्यमबाट7 नेपालको विभिन्न जिल्लाका १० वटा आधारभूत विद्यालयहरूमा प्रतिविद्यालय रु.५०,००० (पचास हजार) बराबरको अक्षयकोष स्थापना गरी आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

हस्तान्तरण गरिएको विद्यालयहरूको सूची: १. श्री हर्के आधारभूत विद्यालय – तेह्रथुम
२. श्री उपल्लोचौर आधारभूत विद्यालय – म्याग्दी
३. श्री कृष्ण आधारभूत विद्यालय – स्याङ्जा
४. श्री सिद्ध गणेश आधारभूत विद्यालय – उदयपुर
५. श्री ज्वालामुखी आधारभूत विद्यालय – रसुवा
६. श्री भगवती आधारभूत विद्यालय – ताप्लेजुङ
७. श्री जीवन ज्योति आधारभूत विद्यालय – सुर्खेत
८. श्री जन जागृति आधारभूत विद्यालय – बर्दिया
९. श्री राष्ट्रिय आधारभूत विद्यालय – कैलाली
१०. श्री भक्तञ्च्छला आधारभूत विद्यालय – धादिङ

अक्षयकोषको मुख्य उद्देश्य विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामग्री खरिद तथा व्यवस्थापनमा सहयोग पुर्‍याउनु हो। कोषको सञ्चालन सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिको समन्वयमा हुने जनाइएको छ।

कार्यक्रममा मिर्याङ नेपाली समाजका पदाधिकारी, कोरियामा कार्यरत विभिन्न क्षेत्रका नेपाली समाजसेवीहरू र सहयोगीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आगामी दिनमा अझ धेरै विद्यालयहरूमा अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ।