बिष्णु गुरुङ
दक्षिण कोरिया ।
गैरआवासी नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) दक्षिण कोरियाले मे २५ आइतबारका दिन (आज )सम्पन्न तेस्रो पूर्ण भौतिक बैठकको महत्वपूर्ण निर्णयअनुसार, संघको संस्थागत संरचना सुदृढ बनाउँदै दीर्घकालीन संगठनात्मक कार्ययोजनालाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले संरक्षक तथा सल्लाहकार मनोनित गरेको NRNA-NCC दक्षिण कोरियाले जनाएको छ।

समाजमा तथा सम्बन्धित क्षेत्रहरूमा उल्लेखनीय योगदान पुर्याउनुभएका महत्त्वपूर्ण व्यक्तित्वहरूको भुमिका लाई सम्मान गर्दै, उहाँहरूको अनुभव, दृष्टिकोण र मार्गदर्शनलाई संघको भावी योजनाहरूमा समावेश गर्ने उद्देश्यले निम्न महानुभावहरूलाई संरक्षक तथा सल्लाहकारको रूपमा मनोनयन गरिएको महासचिव अजय सोडारीले बताए।
संरक्षक:
• श्री विनोद कुवर
• श्री भिम गुरुङ
सल्लाहकार:
1. लक्ष्मि लामा गुरुङ
2. डा. प्रकाश धमाला
3. डा. अग्नि राज कोइराला
4. श्री गिरीराज कुवर
5. श्री सन्तोष खड्का
6. श्री हरी प्रसाद खनाल
7. श्री इश्वर कठायत
8. श्री इश्वर धामी
9. श्री शुभराज बोम्जन
10. श्री लक्ष्मण दाहाल
11. श्री सङ्गित अधिकारी
12. जितेन्द्र महता
संघले संरक्षक तथा सल्लाहकारज्यूहरूको मार्गदर्शन, सुझाब तथा सल्लाहले संगठनलाई अझ पारदर्शी, उत्तरदायी र दिगो रूपमा सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बरिष्ठ उपाध्यक्ष जित कुवॅरले बताएका छन्।
गैरआवासी नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) दक्षिण कोरियाका अध्यक्ष बिपिन कुमार गुरुङले मनोनित भएका संरक्षक तथा सल्लाहाकारहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै नेपाली समुदायमा उहाहरुले पुर्याएका बिशेष योग्दानलाई सदैव नेपाली समाजले स्मरण गर्ने समेत बताए।

