गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, थाइल्याण्डको सदस्यता खूल्ला

प्रवास समाचार

सन्तोष खड्का

थाइल्याण्ड ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, थाइल्याण्डको सदस्यता खूल्ला भएको छ।

मिति २०२५ मे २४ का दिन बसेको एनआरएन थाइल्याण्ड संयोजक समितिको चौथो बैठकले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, थाइल्याण्डको सदस्यता खूल्ला भएको सुचना जारी गर्दै अरु पनि मत्वपूर्ण निर्णयहरू गरेको छ, जुन निम्न छन् ।

१. सदस्यता सम्बन्धी सूचना
एनआरएनए आइसिसीको दोस्रो बैठकले आ–आफ्नै एनसीसीको वेब पोर्टलमार्फत सदस्यता खुल्ला गर्ने निर्णय गरेअनुसार एनआरएनए थाइल्याण्डको आफ्नै वेबसाइट nrnathailand.org तयार भइसकेको छ।
हाइ लेभल कमिटीको वेब पोर्टल (nrnahlc.com) बाट सदस्यता लिन छुटाउनु भएका व्यक्तिहरूका लागि आज मिति २०२५ मे २४ देखि जुन २४, २०२५ सम्म nrnathailand.org बाट सदस्यता लिन सकिने व्यवस्था गरिएको छ।

२. संयोजक समिति हेरफेर
एनआरएनए थाइल्याण्ड संयोजक समितिका सचिव श्री लोकेन्द्र ओली ले सर्वोच्च अदालतको परमादेशअनुसार गठित हाइ लेभल कमिटीमार्फत २०२५ मे ३ देखि ५ सम्म आयोजित एकता महाधिवेशन बाट एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक पदमा निर्विरोध निर्वाचित हुनुभएकोले, उहाँले आफ्नो सचिव पदबाट राजीनामा दिनुभएको छ।
थप सशक्त र समन्वयकारी कार्य संचालनको लागि संयोजक समितिमा निम्न व्यक्तिहरूको जिम्मेवारी पुनः व्यवस्था गरिएको छ:

संजय ढकाल – संयोजक
मदनराज अधिकारी – उपसंयोजक
सुरज भण्डारी – सचिव
अक्कल थापा – सह-सचिव
दिनेश बुढाथोकी – कोषाध्यक्ष
हिरा काजी श्रेष्ठ – सदस्य
राम की – सदस्य

३. सदस्यता प्रमाणीकरण समिति गठन
सदस्यता प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन निम्न व्यक्तिहरू सम्मिलित सदस्यता भेरिफिकेसन समिति गठन गरिएको छ:

मदनराज अधिकारी
सुरज भण्डारी
अक्कल थापा
दिनेश बुढाथोकी

४. महाधिवेशन सम्बन्धी निर्णय
एनआरएन थाइल्याण्डको महाधिवेशन २०२५ जुलाईको पहिलो हप्तामा आयोजना गर्ने निर्णय गरिएको छ।
यस महाधिवेशनलाई सफल बनाउने सन्दर्भमा थाइल्याण्डस्थित नेपाल राजदूतावास तथा अन्य नेपाली संघसंस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने निर्णय गरिएको छ।

थप जानकारीका लागि हाम्रो वेबसाइट www.nrnathailand.org अवलोकन गर्नुहुन अनुरोध गरिन्छ।

– एनआरएनए थाइल्याण्ड संयोजक समिति