झापा । झापा जिल्लाको मेचिनगर नगरपालिका ११ कालिका सामुदायिक बन को भित्री स्थानमा लागुऔसध बिक्री बितरण तथा सेबन भैरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔसध ब्युरो काकडभिट्टा सयुत्त प्रहरी टोलिले नियमित रुपमा लागुऔसध सेवन गर्ने दुर्वेसनिहरु भेला जम्मा भैरहेको अवस्थाको पुरुष मानिस ४३ जना र निजहरूले प्रयोग गर्ने १४ ओटा मोटरसाइकल ,एउटा अटोरिक्सा सहित मारुती भ्यन एउटा पनि नियन्त्रणमा लिइ निजहरूको घरपरिवारको।सदस्यहरु तथा आफन्तहरुलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइ नियन्त्रणमा लिइएका मानिहरु साथै आफन्त घरपरिवारको।सदस्य लाई समेत आवस्यक परामर्श दिइ नियमित निगरानी गर्न परिवारलाई जिम्मा लगाइएको र परिवारकै सहमतिमा सुधारको लागि केही लाई सुधारकेन्द्र तर्फ पठाउन पहल भैरहेको बेहोरा जानकारी गराइन्छ ।
साथै त्यस स्थानमा लागू औसत बेचबिखन तथा कारोबार गर्ने तत्काल फरार रहेकाको खोजितलास गर्ने क्रममा आज २०८२/०२/१४ गते झापा जिल्ला को मेचिनगर नगरपालिका ११ बस्ने १८ बर्षिए सनिल मेछे ऎ.ऎ वडा नम्बर १२ बस्ने २५ बर्षिय अजय मेचेलाई जिल्ला प्रहरी झापा बाट प्रहरी निरीक्षक बिजय चौहान र लागुऔसध ब्युरो काकडभिट्टाको प्रहरी नायब निरीक्षक कुमार सोमेश लामिछाने सहितको टोलिले प्रतिबन्ध ब्राउन सुगर प्लास्टिक सहित २.८१ ग्राम र १७८ ग्राम प्लास्टिक सहित बरामद गरेको छ । ट्रामाडोल १६ ट्याब्लेट,एन्टिकोफ १६ ट्याबलेट spanin १५ ट्याबलेट नगद रु १८,४०० रेडमी मोबाइल एक थान सहित नियन्त्रणमा लिइ आवस्यक अनुसन्धान तथा कार्वाही भैरहेको छ
