काठमाडौं । नेपाल भ्रमणमा रहेका सिक्किमका भेट्रन म्यारथुन धावक अमर सुब्बालाई काठमाडौंमा सम्मान गरिएको छ । सोमबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा बैकुण्ठ मानन्धर खेलकुद नेपाल र स्वयंभू एथलेटिक्स टे«निङ सेन्टर क्लबले सयुक्त रुपमा आयोजित कार्यक्रमा किर्तिमानी धावक बैकुण्ठ मानन्धरले माला, खादा र मायाको चिनो सहित सम्मान गर्नुभयो । सुब्बाले मे २९ मा सम्पन्न तेन्जिङहिलारी एभरेष्ट २१ किमि हाफ म्याराथुनमा साहभागी भई दोस्रो स्थान हासिल गर्न सफल हुनु भएको थियो । उहाँले भारतको सिक्किम राज्यमा एथलेटिक्स खेलको विकास र विस्तारमा योगदान पुराउँदै आउनु भएको छ ।

