चर्चा बटुल्दै केसीको अजम्बरी माया

मनोरन्जन समाचार

काठमाडौं ७ असार । मोफलमा रहेर पनि कलाकारितालाई निरन्तरता दिइरहेका अभिनेता माधव केसी अभिनित नयाँ भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक शीव परियारको स्वरमा ‘अजम्बरी माया’ बोलको मर्मश्पर्शी गीतको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको हो । भिडियोमा अभिनेता केसीलाई मेनुका माझी र गणेश गहतराजले अभिनयमा साथ दिएका छन् ।
डा। राजुबाबु श्रेष्ठको शब्द, अनिश श्रेष्ठको संगीत, आमोस तामाङको संगीत संयोज रहेको गीतको भिडियोमा छायांकन मदन कश्यप घिमिरे, सम्पादक मित्रा डी। गुरुङ र निर्देशन नवल नेपालको रहेको छ ।