सउलमा तीजको सांस्कृतिक उत्सव — अर्घाखाँची सम्पर्क मञ्चद्वारा भव्य कार्यक्रमको तयारी

कोरियाअपडेट

भावना कार्की

सौल  / दक्षिण कोरिया ।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीज २०८२ को अवसरमा दक्षिण कोरियामा क्रियाशील सामाजिक संस्था अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया ले भव्य दर खाने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

उक्त कार्यक्रम आगामी २०२५ अगस्ट २४ तारिख, आइतबार (२०८२ साल भदौ ८ गते) का दिन सउलको दोङदेमुनस्थित सुविधा सम्पन्न हल (서울시 중구 퇴계로 417) मा आयोजना हुने आयोजक मञ्चले जानकारी दिएको छ।

 

प्रवासी भूमिमा नेपाली संस्कृति र चाडपर्वको संरक्षण गर्दै आपसी मेलमिलाप र सहकार्यको भावना सुदृढ पार्ने लक्ष्यसहित आयोजना गर्न लागिएको यो कार्यक्रमलाई ऐतिहासिक बनाउने तयारी भइरहेको आयोजक टिमले बताएको छ ।

कार्यक्रममा सहभागीहरूले तीजका मौलिक दर परिकारहरूको स्वाद लिन पाउनेछन्।

कार्यक्रममा विशिष्ट लोकगायक गायिकाको बिषेश तीजको प्रस्तुति रहनेछ, जसले प्रवासमा पनि तीजको मौलिकता र भावना जिउँदो बनाउनेछन्। साथै, स्थानीय नेपाली कलाकारहरूद्वारा तीज नृत्य, गीत तथा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने मञ्चले जनाएको छ ।

कार्यक्रम संयोजकका अनुसार,

“तीज हाम्रो संस्कृतिक पहिचानको धरोहर हो। कलाकारसहित यो कार्यक्रम प्रवासी नेपालीका लागि अविस्मरणीय बन्नेछ।”

कार्यक्रम विवरण

मिति: २०८२ साल भदौ ८ गते, आइतबार (२०२५ अगस्ट २४)
स्थान: 서울시 중구 퇴계로 417 (Dongdaemun, Seoul)
समय: बिहान ११:०० बजे देखि साझ ७:०० बजे सम्म

सादर आमन्त्रण

अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले सम्पूर्ण कोरियावासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त कार्यक्रममा सहभागिताका लागि हार्दिक आमन्त्रण गरेको छ।
“तीज पर्वलाई हामी सबै मिलेर एकता, उत्साह र गर्वका साथ मनाऔं।