मोदनाथ प्रश्रित र टेकबीर मुखियालाई राजेन्द्र सुवेदी स्मृति साहित्य र कला पुरस्कार

राजनीति समाचार

नेपालको वाङ्गमय क्षेत्रमा अद्वितीय योगदान दिनु भएका अमर अन्वेषक राजेन्द्र सुबेदीको स्मृति मा स्थापित राजेन्द्र सुवेदी स्मृति समाजले २०८१ सालको राजेन्द्र सुवेदी स्मृति पुरस्कार र राजेन्द्र सुवेदी कला पुरस्कारको घोषणा गरेको छ।
समाजले जानकारी दिए अनुसार यो वर्षको राजेन्द्र सुवेदी स्मृति पुरस्कार साहित्यकार तथा संस्कृतिविद् मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेको छ भने राजेन्द्र सुवेदी कला पुरस्कार वरिष्ठ कलाकार टेकवीर मुखियालाई दिने निर्णय गरेको छ । जनही २२,२२२१ का उपरोक्त पुरस्कारहरु स्व. सुवेदीको जन्मदिनको अवसर पारेर आगामी साउन महिनामा प्रदान गरिने बताइएको छ।