सोमित अधिकारी
सौल/ दक्षिण कोरिया ।
नेपालको स्थायी ठेगाना देवदह रुपन्देहि 7 घर भइ हाल दक्षिण कोरियाको 경기도 남양주시क्षेत्रमा कार्यरत डोल राज काफ्ले हाल गम्भीर स्वास्थ्य समस्याबाट ग्रसित छन् । उच्च रक्तचापका कारण उनको कम्मर मुनिको भाग प्यारालाइसिस (अङ्गविकार) भई, लामो समयदेखि 피립 재활요양 병원 मा उपचार गराइरहेका छन् ।
उपचार खर्च अत्यन्त उच्च भएकाले आफ्नै प्रयासमा उपचार खर्च व्यहोर्न उनी असमर्थ भएको हुदा उनका लागि सहयोग अभियान चलाइएको NRNA कोरियाका महासचिव अजय सोडारीले बताए ।
यस प्रकारको आपतकालीन अवस्था सबैलाई पर्न सक्ने हुदा कोरियामा रहनु भएका सम्पूर्ण सहयोगी मन, सामाजिक संस्था, संघ–संस्थाहरू, र मानवतावादी मित्रहरूमा महासचिव सोडारीले सस्थाको तर्थबाट सहयोगको लागि हार्दिक अपिल समेत गरेका छन् ।

ग़ैर आवासीय नेपाली संघ (NRNA NCC) दक्षिण कोरियाको तर्फ बाट संघका वरिष्ठ उपाध्यक्ष जित कुवरले अस्पतालमै पुगेर पिडितको वास्तविक अवस्था बुझी बिविन्न संघ सस्थाबाट हुन सक्ने सहयोगको लागि सहजिकरण गरिरहेका छन् ।
यधपि सहयोग अपर्याप्त भएकाले यो अभियान लाई सामाजिक स्तरमा लैजानु परेकाले NRNA कोरियाले यस अभियानमा सहजीकरणको भूमिका खेलेको हुदा सहयोगको लागि सबैमा वरिष्ठ उपाध्यक्ष जित कुवरले अनुरोध गरेका छन् ।
सहयोगका लागि:
📌 विरामीको नाम: डोल राज काफ्ले
📌 बैंक खाता विवरण: woori bank 1002-554-061314
📌 बैंक खाता वालाको नाम : Dol Raj Kafle

