बिष्णु गुरुङ
गिम्हे, दक्षिण कोरिया
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया ख्यङ्सानको (बुसान)छैटौं अधिवेशन आईतबार किम्हेमा सम्पन्न भएको छ ।
अधिवेशनले दोस्ती ह्याङ राई (सुदिप) अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ ।अध्यक्षका प्रत्यासी शिवराज केसी पछि हटेपछि राई निर्विरोध अध्यक्षमा विजयी भएका हुन् ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रेम कार्की र तेज नारायण बेलवासे ,महिला उपाध्यक्षमा रक्षा कार्की,सचिवमा विपन कार्की निर्विरोध चयन भएका छन्
त्यस्तै सह-सचिवमा रामेश्वर दाहाल,कोषाध्यक्षमा राजेन्द्र मोक्तान ,सह कोषाध्यक्ष सरिता बडुवाललाई जिम्मेवारी दिईएको छ ।सदस्यहरुमा विनोद खनाल ,राम कार्कि,विकेस दाहाल ,एरिक लिम्बु चयन भएका छन् । केहि सदस्य अझै थप गरिने बताईएको छ ।
संगीत अधिकारी संयोजक संजिव कुमार राई,भेषराज दाहाल,सानुराज मगर र रविन राई सदस्य रहेको निर्वाचन कमिटिले निकै रस्साकस्सीका बीच निर्वाचन बिना सहमतिमा नयाँ कार्यसमिति चयन गरेको हो ।
