चौरसियाको नेतृत्वमा प्रथम गोर्खाली कप २०२५ भव्य रूपमा सम्पन्न, विजेता डोधारा चाँदनी वारियर्स

कोरियाअपडेट खेलकुद

दक्षिण कोरियामा गोर्खाली क्रिकेट टिमको आयोजनामा प्रथम गोर्खाली कप २०२५ (First Gorkhali Cup 2025) अवधेश राज चौरसियाको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको छ। खेलकूदको माध्यमबाट नेपाली समुदायमा एकता, मित्रता र सहकार्यको भावना प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित उक्त प्रतियोगिता अत्यन्त ऐतिहासिक र सफल बनाइएको छ।

प्रतियोगिता सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण सहभागी टिम, खेलाडी, स्वयंसेवक, टिम प्रतिनिधि तथा सहयोगी हातहरूलाई आयोजक टिमले हार्दिक धन्यवाद तथा बधाई व्यक्त गरेको छ।उक्त प्रतियोगितामा डोधारा चाँदनी वारियर्स (Dodhara Chandani Warriors) ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो।

उपविजेता टिमहरू:
• 🥈 नेपाल रहिनो (Nepal Rahino)
• 🥉 अन्सान रोयल्स (Ansan Royals)

खेलमा देखिएको अनुशासन, खेल भावना र भाइचाराको उत्कृष्ट उदाहरणले यो प्रतियोगिता केवल खेलमात्र नभई, सम्पूर्ण नेपाली समुदायको एकताको प्रतिक बनेको छ।प्रतियोगिताको सह–संयोजनमा रहनुभएका NRNA NCC South Korea, नेपाल तराई समाज दक्षिण कोरिया तथा वरिष्ठ उपाध्यक्ष श्री जीत कुँवरज्यूलाई आयोजक टिमले विशेष आभार प्रकट गरेको छ।

साथै, प्रतियोगिताको सफल आयोजना सम्भव बनाउन सहयोग गर्नु हुने मुख्य प्रायोजक संस्थाहरूलाई पनि धन्यवाद दिइएको छ:
1. HANPASS Remittance
2. Mountain Restaurant, Fentek
3. K-2 Nepal, नेपाली भान्सा घर, नेपाली फुड बजार अन्सान

खेलका क्रममा चोटपटक व्यहोर्नु भएका खेलाडीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। साथै आयोजक टिमको संयोजकको हैसियतले कुनै कमजोरी वा असहजता भोग्नु परेको भए त्यसप्रति क्षमा याचना पनि गरिएको छ।

अन्त्यमा, सम्पूर्ण सहभागीहरू, समर्थकहरू तथा शुभेच्छुकहरूको उत्साह, समर्थन र सहभागिताले आगामी दिनहरूमा अझ प्रभावशाली प्रतियोगिता आयोजना गर्ने प्रेरणा मिलेको आयोजकले जनाएको छ।

(साभारःNews केन्द्रबिन्दु)