गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (NRNA) दक्षिण कोरियाको अध्यक्षमा पार्वती मोक्तान तामाङले ५७२ मत ल्याएर निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी हरि भट्टराईलाई १५३ मतान्तरले जितेका हुन् । मोक्तान एनआरएनए दक्षिण कोरियाको २०२५–२०२७ को कार्यकालको लागि निर्वाचित भएका हुन् ।

केन्द्रमा डा. बद्री केसी समूहको दक्षिण कोरियाको १० औँ महाधिवेशन जुलाई २६–२७ सउलमा भएको थियो । मोक्तानको प्रतिद्वन्द्वी हरि भट्टराईले ४१९ मत मात्रै ल्याएको थियो । आइतबार बिहान १०ः३० देखि साँझ ५ बजेसम्म भएको अनलाइन मध्यमबाट भएको मतदानबाट कुल मतदाताको ७० प्रतिशत भोटिङ भएको थियो । कुल मतदाता १४ सय १२ थियो । वरिष्ठ उपाध्यक्षसहित अन्य सबै पदहरूमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन विवादरहित वातावरणमा भएको निर्वाचन समितिका संयोजक लोचन राईले बताए ।
यसै गरी वरिष्ठ उपाध्यक्षमा तारा पुन मगर, उपाध्यक्षमा निरञ्जन भण्डारी र मङ्गल योङहाङ रहेका छन् । महासचिवमा कमल भण्डारी, सचिवमा दुर्गा प्रसाद ढकाल र सोनाम शेर्पा रहेका छन् । कोषाध्यक्षमा अर्जुन श्रेष्ठ, युवा संयोजकमा टेक बहादुर बोहरा, महिला संयोजक मिता गुरुङ, सदस्यहरूमा मनसुन खड्का र आइसा सिटौला पनि निर्विरोध निर्वाचित भएका छन् ।
महाधिवेशनमा आइसिसी १ सदस्य, एक उपाध्यक्ष, महिला उपाध्यक्ष र सह कोषाध्यक्ष पदमा भने उम्मेदवारी नै परेको थिएन । महाधिवेशनको निर्वाचन मण्डलमा लोचन राईको संयोजकत्वमा, डा। कमला केसी र डा। बाबु काजी श्रेष्ठ सदस्यमा रहेका थिए । नव निर्वाचित कार्यसमितिलाई संयोजक लोचन राईले शपथ ग्रहण गराएका थिए ।
महाधिवेशनको उद्घाटन सत्रमा बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले आइपुगेको थियो । महाधिवेशन एनआरएनए कोरियाको अध्यक्ष बुद्धि गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
(साभारःsailungonline.com)
